site stats
बाह्रखरी :: Baahrakhari
कला
भूपूको गीत ‘माया खै...’ सार्वजनिक

काठमाडौं । गायक भूपू पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘माया खै...’ बोलको गीत सार्वजनिक भएको हो । 

गीतमा शब्द, संगीत तथा स्वर भूपू स्वयंको छ । प्रेम, धोका र बाध्यता गीतमा समेटिएको छ । 

कमजोर आर्थिक अवस्था उकास्न परदेशिएका बेला गाउँमा प्रेमिकाको अर्कैसँग हुने विवाहको सेटअपमा गीत तयार भएको छ । कमजोर आर्थिक अवस्थाले कसरी प्रेमीप्रेमिकाहरूको विछोड भइरहेको छ भन्ने तथ्य यो गीतले देखाउन खोजेको छ ।

गीतको भिडियोमा गायक पाण्डे स्वयं फिचर्ड छन् । उनको अपोजिटमा जुना विश्वकर्मा छिन् । भिडियो निर्देशन भूपू पाण्डे स्वयंले गरेका छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्