site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो धुर्मुस–सुन्तलीको नमुना नेपाल, पाँच वर्षभित्र सकिने
SkywellSkywell

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ नेतृत्वको धुर्मुस सुन्तली फाउन्डेसनले नमुना नेपाल निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएको छ ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले पाँच वर्षभित्र परियोजना सक्नेगरी परियोजना सुरू भएको बताए । रौतहटमा बाढीपीडितका लागि एकीकृत बस्ती बनाउँदै गरेका सीताराम कट्टेलले प्रारम्भिक चरणको काम सुरू भएको जानकारी दिए । 

परियोजना सर्भेमा नेपाली विज्ञ

KFC Island Ad
NIC Asia

‘नमुना नेपाल’ नेपाली कला र सिर्जनाको अद्वितीय संगम भएकाले परियोजनाको डिटेल सर्भेमा नेपाली विषयविज्ञहरू नै प्रयोग गरिएको कट्टेलले बताए । कट्टेलका अनुसार नेपाल इन्जिनियर्स एसोसिएसनको प्राविधिक सहायतामा सर्भे सुरू भएको छ र यो १५ दिनभित्रमा सक्ने योजना छ । “एसोसिएसनका उपमहासचिव एवं जियोकम इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक इन्जिनियर रविभुषण झाको नेतृत्वमा आरआरपी सर्वे कन्सल्टस् प्रालिका प्रभास श्रेष्ठको समन्वयमा काम सुरू भएको छ । र, यो काम १५ दिनभित्रै सकिने छ,” उनले जानकारी दिए ।

उनका अनुसार सर्भेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन्छ र अनुमतिका लागि नेपाल सरकारलाई बुझाइनेछ ।

Royal Enfield Island Ad

उनले परियोजना नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने र पर्यटन प्रवद्र्धनको नवीनतम माध्यमसमेत भएकाले सरकारले छिट्टै स्वीकृति दिने विश्वाससमेत व्यक्त गरे ।

परियोजना निर्माणका लागि ललितपुरको श्री सत्य र श्री लालिगुराँस सामुदायिक वन उपभोक्ता समूह लेले र गोदावरी नगरपालिका र स्थानीयसमेतसँग अनुमति लिइसकेकाले सबैको सहयोग पाउने उनको विश्वास छ । 

‘वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिन्छ’

अहिले वार्षिक सरदर ५ लाख पर्यटक नेपाल भ्रमण गर्न आउने बताउँदै कट्टेलले ‘नमुना नेपाल’ निर्माणपछि २० लाखको हाराहारीमा पर्यटक भित्रिने दाबी गरे । ‘नमुना नेपाल’ नेपाली सम्पदाहरू एकीकृत स्थल र सातै प्रदेशको कला, शिल्पको संगमस्थल बनाउने फाउन्डेशनको लक्ष्य भएकाले आन्तरिक पर्यटकीय केन्द्र बन्नेमा द्विविधा नपाल्न उनले आग्रह गरे ।
त्यस्तै परियोजनाले आर्थिक समृद्धिको ढोका खोल्ने र देशैभरि विकासको लहर ल्याउने उनको दाबी छ । 

पाँच अर्ब लागत, पाँच वर्षमा सक्ने योजना

‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमुना नेपाल’ नाम दिएको उक्त परियोजनाको अनुमानित लागत पाँच अर्ब रहेको छ । र, पाँच वर्षभित्र परियोजना सक्ने फाउन्डेशनको लक्ष्य छ ।

“नमुना नेपाल निर्माणका लागि संसारभर छरिएर रहेका नेपाली, नेपाली भाषीलाई अनुरोध गरेका छौँ । उहाँहरू उत्साहित पनि हुनुभएको छ,” कट्टेलले भने, “परियोजना नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने कोशेढुंगा बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ  ।

कट्टेलले ‘नमुना नेपाल’ निर्माणको अभियन्ता बन्न सबैलाई अनुरोध गरेका छन् । “यो फाउन्डेशनको मात्रै परियोजना होइन, देशकै परियोजना हो । एकै ठाउँमा सम्पूर्ण नेपाल अवलोकन गर्न सकिने, सबै धर्म, भाषाभाषी, समुदाय, सम्प्रदाय र सम्पदा नियाल्ने विशिष्ट ठाउँ पनि हो,” उनले दाबी गरे ।

‘धुर्मुस’ले नमुना नेपालको काम सुरू भएकोमा खुसी व्यक्त गर्दै सहयोगी मनहरूलाई धन्यवादसमेत व्यक्त गरेका छन् । “हाम्रो लागि सहयोगी मनहरू नै सबैभन्दा ठूला हुनुहुन्छ, उहाँहरूकै कारणले हामीले गरेका सबै काम सफल भएका छन्,” उनले बाह्रखरीसँग भने,  “अब ‘नमुना नेपाल’ निर्माणमा पनि सबैजना अभियन्ता बनेर साथ र सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।”

‘नमुना नेपाल’ धुर्मुस सुन्तली फाउण्डेशनको सबैभन्दा ठूलो परियोजना हो ।  फाउन्डेशनले यसअघि काभ्रेको डाँडागाउँमा २० घर पहरी समुदायका लागि, सिन्धुपाल्चोक गिरान्चौरमा ६५ घर तामाङ समुदायका लागि र महोत्तरी बर्दिबासस्थित ५५ घर मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती बनाइदिइसकेको छ भने रौतहटको सन्तपुरका बाढी पीडितका लागि एकीकृत बस्ती बनाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro