site stats
बाह्रखरी :: Baahrakhari
देश
सीटीईभीटी तालाबन्दी निषेधित क्षेत्र घोषणा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष ओमप्रसाद दाहालले संस्थालाई तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले सोमबारैदेखि तालाबन्दी निषेधित क्षेत्र घोषणा गर्दै सबैलाई सीटीईभीटीको श्रीवृद्धिमा लाग्न आग्रह गरे । उनले सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए ।

Argakhachi Cement Island Ad

उनले सबै सरोकारवाला पक्षसँग बसेर सीटीईभीटीको वर्तमान अवस्था, समस्या र समाधानका उपाय खोजी त्यसका आधारमा गुरुयोजना बनाएर अहोरात्र खटिनुपर्ने आवश्यकता औँल्याए ।

“...देशभरका आमयुवाहरूमा प्राविधिक शिक्षाको पहुँच पुर्‍याउन सातवटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने देखिन्छ,” उनले भने, “यस्तो संस्थामा ताला लगाएर कामकाज ठप्प पार्ने काम कदापि सह्य हुँदैन ।”

उनले सीटीईभीटीमा आर्थिक, प्रशासनिक समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्