site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्जन्हाका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर 

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँचजना भ्रष्टाचारी ठहर भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा प्रशासनिक भवन निर्माणका निम्ति भएको ठेक्कामा अनियमितता गरेको कसुरमा उनीहरू दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दामा दोषी ठहर सबैलाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । उनीहरूलाई दामासाहीमा २१ लाख ६० हजार रुपैयाँका दरले बिगो असुल गरी त्यति नै जरिवाना हुने समेत फैसला गरिएको छ ।

गएको कात्तिक २८ गते कसुर कायम गरेको इजलासले सोमबार (आज) सजाय निर्धारण गरेको हो ।

उनीहरूले नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नू भन्ने जनकपुर उच्च अदालत राजविराज इजलासबाट जारी निषेधाज्ञाको आदेशविपरीत टेन्डर आह्वान गरेका थिए । उनीहरूले भवन निर्माणस्थल नै निश्चित नगरी ठेकेदार कम्पनीलाई एक करोड आठ लाख रुपैयाँ भुक्तानी समेत दिएका थिए । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मद्दामा विपक्षी बनाइएका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोलाई पनि विशेष अदालतले दोषी ठहर गरेको हो । यस्तै, निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई पनि दोषी ठहर गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro