site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएल रोक्न माग गर्दै दायर रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न माग गर्दै जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश हरि फुयालको इजलासमा परेको छ । अख्तरले गएको शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । 

नेपाल प्रिमियर लिग आफ्नो नाममा दर्ता रहेकोमा सोही नाम नेपाल क्रिकेट संघ (क्यान)ले प्रयोग गरेको भन्दै एनपीएल रोक्नुपर्ने माग रिटमा छ । अख्तरले एनपीएलको फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि क्यानले सहमति गरेर दिइसकेको उल्लेख गरेका छन् । 

त्यसरी दिइसकेको फ्रेन्चाइज अरु नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने उनको जिकिर छ । आफूमाथि क्यानले अन्याय गरेकाले सर्वोच्चले न्याय गरिदिनुपर्ने उनको माग छ । आफूसँगको सम्झौताविपरीत अर्कै कम्पनीसँग सम्झौता गर्नु करार ऐनविपरीत हुने उनको दाबी छ । 

आगामी मंसिर १६ गतेदेखि काठमाडौंमा प्रतियोगिता आयोजना हुने हुँदै छ । त्यसका लागि क्यानले खेलाडीहरूको अक्सन समेत गराइसकेको छ । प्रतियोगितामा सहभागी आठ वटै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् । क्लबहरूले प्रतियोगिताको तयारीका लागि ठूलो धनराशी समेत खर्च पनि गरिसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro