site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।सोमबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङको निर्णय लिँदै डच टोलीलाई ब्याटिङमा निम्त्याएका हुन् ।

ट्वान्टी–२० क्रिकेटमा नेपालको यो १००औँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त ट्वान्टी–२० खेल खेलेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् । शृंखलामा नेपालको यो पहिलो खेल हो । नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा हुने छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्