site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसले कति शो पाए ? ‘छक्का पञ्जा’कै दबदबा, ‘१२ गाउँ’लाई पछ्याउँदै ‘ज्वाइँ साब’
SkywellSkywell

काठमाडौं । असोज २४ गते रिलिज हुने तीन चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को प्रि–बुकिङ खुला भएको छ । 

क्यूएफएक्स, आईएनआईलगायत हलले प्रि–बुकिङ खुला गरेका हुन् । 

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा सबैभन्दा धेरै शो ‘छक्का पञ्जा–५’ले पाएको छ । काठमाडौं उपत्यकामा मात्रै यसले ३८ शो पाएको छ । ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो पाएको छ । 

KFC Island Ad
NIC Asia

‘छक्का पञ्जा–५’ले काठमाडौं बाहिर क्यूएफएक्सका आउटलेटमा ४८ शो पाएको छ । क्यूएफएक्समा मात्रै यो चलचित्रले होल नेपाल ८६ शो पाएको छ । 

‘१२ गाउँ’ले क्यूएफएक्समा काठमाडौं बाहिर २४ शो पाएको छ । देशभर यो सिनेमाले क्यूएफएक्समा देशभर ४६ शो पाएको छ । 

Royal Enfield Island Ad

काठमाडौंमा क्यूएफएक्समा २१ शो पाएको ‘ज्वाइँ साब’ले काठमाडौं बाहिर १८ शो पाएको छ । देशभर यो सिनेमाले क्यूएफएक्समा ३९ शो पाएको छ । 

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा ‘छक्का पञ्जा–५’ले १४, ‘१२ गाउँ’ले ८ र ज्वाइँ साब’ले ६ शो पाएका छन् । 

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । 

‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यसमा समीर भट्ट र बिराज स्वयं मुख्य भूमिकामा छन् । ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका छन् । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro