site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
गोविन्दालाई लाग्यो गोली, अस्पताल भर्ना
SkywellSkywell

काठमाडौं । बलिउड अभिनेता तथा शिवसेना (शिन्दे गुट)का नेता गोविन्दाको आफ्नै गल्तीले खुट्टामा गोली लागेको छ । उनको आफ्नै रिभल्वरबाट गोली लागेको हो । त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको थियो ।

गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्वर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ । भारतीय सञ्चारमाध्यम जागरणका अनुसार, मंगलबार बिहान करिब ५ बजे (स्थानीय समय) उक्त घटना भएको हो ।

KFC Island Ad
NIC Asia

मुम्बईस्थित बीबीसीका सहयोगी पत्रकार मधु पालका अनुसार, त्यति बेला उनकी श्रीमती सुनीता घरमा थिइनन् । उनी जयपुरमा थिइन् । तर, खबर सुन्नेबित्तिकै त्यहाँबाट निस्किइन् ।

गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई भने, “उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्वर कभरमा राख्दै थिए, त्यसै बेला खुट्टामा खस्यो र गोली लाग्यो ।” गोविन्दा कोलकाता जान लागेका थिए ।

कस्तो छ स्वास्थ्य ?

चिकित्सकले उनको खुट्टाबाट गोली निकालेका छन् । अहिले उनी पूर्णतया स्वस्थ छन् । तर, अझै अस्पतालमा छन् ।

लाइसेन्स प्राप्त रिभल्वर राख्न लाग्दा अचानक उनको हातबाट खसेको भारतीय प्रहरीलाई उदृत गर्दै जागरणले जनाएको छ । मिस फायरको कारण गोली उनको खुट्टामा लागेको थियो । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro