site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सरकारले घोषणा गरेको ‘वर्क स्टेसन’ र आईटी पार्कलाई छुट्याएन बजेट

काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको आईटी पार्क एवं वर्क स्टेसनसम्बन्धी पूर्वाधारका लागि बजेट उपलब्ध गराएको छैन । चालु आर्थिक वर्षको बजेटमा ‘वर्क स्टेसन’ र ‘आईटी पार्क’ सम्बन्धी व्यवस्था गर्ने विषय उल्लेख गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसका लागि बजेट व्यवस्था नभएको बताएको छ । गत जेठ १५ गते तत्कालीन सरकारले घोषणा गरेको बजेटमा काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन उपयोग गरी सूचना प्रविधि पार्क र वर्क स्टेसन सञ्चालन गर्ने विषय उल्लेख गरिएको थियो ।

उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि (आईटी) पार्क सञ्चालनको काम अघि बढाइने विषयमा बजेटमा समेटिएको थियो । यस्ता पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने समेत बजेटमा उल्लेख छ ।

बजेट घोषणा भएपछि सरकार फेरिएको छ । अहिले सरकारले यसका लागि बजेट नछुट्याएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए । उनले भने, “आईटी पार्क र वर्क स्टेसनका लागि बजेट व्यवस्था भएको छैन । यस वर्ष कानुनी र संस्थागत फ्रेमवर्क बनाएर अर्काे कार्यान्वयनमा जाने कुरा छ ।”

चालु आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अघि बढाई विभिन्न काम गर्ने विषय बजेटमा समावेश गरिएको थियो । सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकतामा दिने, डाटा सेन्टरको लागि मापदण्ड तयार गरिने, विद्युतीय तथ्यांकको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित तथा भरपर्दाे बनाइनेलगायत विषय बजेटमा राखेको थियो ।

दश वर्षमा सूचना–प्रविधि क्षेत्रबाट ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारले बजेटमा राखेको थियो । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिमार्जन गर्न ५९ करोड रुपैयाँ विनियोजन गरेको थियो भने ललितपुरको खुमलटारमा ज्ञानपार्क स्थापना गर्न १७ करोड विनियोजन गरेको घोषणा गरेको थियो । बजेटमा उल्लेख भएअनुसार हालसम्म कुनै पनि विषयले गति लिएको छैन ।  

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro