site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्यो पेट्रोलियम पदार्थको मूल्य
SkywellSkywell

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाइएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटिर ६ रुपैयाँ र बाह्यतर्फ प्रति किलो लिटर ४५ रुपैयाँ घटाइएको छ ।

KFC Island Ad
NIC Asia

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro