site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’को भिडियो प्रतियोगिता, विजेतालाई ५० हजार नगद
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ ।  निर्माण टिमले ‘मेरो बाको संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिस्पर्धामा सहभागी हुनेले आफ्नो बुवाको संघर्षको कथा लेख्दै भिडियो बनाएर पठाउनुपर्नेछ । सहभागीहरूले आफूले बनाएको भिडियो, छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदिबाट प्रस्तुत गर्नसक्ने निर्माण टिमले प्रेस नोट जारी गर्दै जनाएको छ ।

Dabur Nepal
NIC Asia

सहभागीले बढीमा तीन मिनेटसम्मको भिडियो बनाएर purnabahadurkosarangi@gmail.com मा पठाउनुपर्नेछ । 

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २/२ वटा टिकट पाउनेछन् । भिडियो कात्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

Capture-1727677936.JPG
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro