देश वा विश्वविद्यालयको समग्र विकास र उन्नतिका लागि पूर्णकालीन शासक र स्थायी अध्यापकको महत्त्वपूर्ण भूमिका हुन्छ। विश्वविद्यालयबाट प्राप्त हुने शिक्षाले बेरोजगारीलाई प्रत्यक्ष रूपमा घटाउन त सक्दैन तर शिक्षा प्रणालीको सुधारले विशेषगरी युवा बेरोजगारी कम गर्न मद्दत गर्न सक्छ । नेपाल र विश्व अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा सिकाइने अनुशासन र सीपको बजार एवं मागबीच गम्भीर खाडल छ । नयाँ पाठ्यक्रमहरूको विश्वव्यापी बजारका माग विश्वविद्यालयहरूले कम स्वीकार गरेका छन् ।
देशमा गेस्ट प्रधानमन्त्रीको निरन्तरता
नेपालमा अहिले पनि तीनपटकभन्दा बढी प्रधानमन्त्री हुने नै तीन जना छन् तर उनीहरू कसैले पनि एक कार्यकाल बराबर हुने पाँच वर्ष मुस्किलले पार गरेका होलान् । सेमेस्टर प्रणाली लागु गरिएको विश्वविद्यालयमा अतिथि अध्यापक (भिजिटिङ फ्याकल्टी वा गेस्ट लेक्चरर)को रूपमा अध्यापन गर्न फरक विश्वविद्यालय वा बाहिरी देशबाट अध्यापक भित्र्याउने चलन बढ्दो छ । हुनत, विश्वविद्यालयको स्तर सुदृढ गर्ने मेरुदण्ड पूर्णकालीन स्थायी अध्यापक नै हुन् । अतिथि अध्यापकको अभ्यासले ज्ञान, सीप आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेले पनि समग्र विश्वविद्यालयको विकास र उन्नतिका लागि ठोस योगदान दिन सक्दैन नेपालका प्रधानमन्त्रीलेजस्तै ।
व्यवसायी र नेपालको विश्वविद्यालयमा अतिथि अध्यापकको थालनी
यस लेखमा नेपालका व्यवसायीहरूलाई कसरी विश्वविद्यालय र उच्च शिक्षा लिइरहेका विद्यार्थीसँग जोड्न सकिन्छ भन्ने चर्चा गरिएको छ । हरेक व्यक्ति जीवनयापनको लागि कुनै न कुनै क्षेत्रमा आबद्ध हुन्छ । नेपालका विश्वविद्यालयहरूमा उच्च शिक्षा लिइरहेका विद्यार्थीलाई भविष्यमा कुन क्षेत्रमा आबद्ध हुने हो भनेर प्रश्न गरे धेरैको जबाफ 'थाहा छैन' भन्ने आउन सक्छ । किनभने उनीहरू धेरैले देशभित्रै बस्नेमा विश्वास गर्न छोडिसकेका छन् । अर्को शिक्षा पनि व्यावहारिकभन्दा किताबी बढी छ। कुनै भेला, कार्यक्रम वा अन्य गतिविधिको प्राथामिकतामा प्रायः राजनीतिक व्यक्ति नै पर्छन् ।
वडास्तरको भेलामा पनि स्थिति यही छ। यस्तो वडा स्तरको कार्यक्रममा त्यही वडाको उत्पादन क्षेत्रमा लागेको किसान वा अन्य व्यवसायीलाई सभाको मञ्चमा रहन वा प्राथमिकतामा पर्न मुस्किल छ । अब व्यवसायीलाई थप प्रोत्सहान दिन र युवालाई उत्पादन क्षेत्रमा आकर्सण गर्न हाम्रो सिकाइ र बुझाइमा परिवर्तन आवश्यक छ । तसर्थ, केही मात्रामा मात्रै परिवर्तन गर्नको निम्ति भए पनि सेमेस्टर प्रणालीमा पढाइ भइरहेका विश्वविद्यालयमा अनिवार्य सेमिनारलाई पाठ्यक्रममै राख्दा उत्तम हुन्छ ।
सेमेस्टर प्रणाली र सेमिनार
हाम्रा अधिकांश विद्यार्थीहरूले अध्ययन, अध्यापन, अनुसन्धान, परीक्षा तयारी, प्रयोगात्मक अभ्यास, फिल्ड कार्य, समस्या समाधान, सामूहिक छलफल, गेस्ट लेक्चर, उद्योग अवलोकनमा भन्दा कक्षा ुबङ्कु गरेर गैरशैक्षिक क्रियाकलापमा बढी समय खेर फालेको पाइन्छ । तसर्थ, यस्ता विद्यार्थी उपयोगी क्रियाकलापलाई सेमिनारको रूपमा पाठ्यक्रममा प्रस्तुत गरेर यसको भूमिका विद्यार्थीहरूबीच उपयोगी बनाउन सकिन्छ ।
उच्च शिक्षामा सेमिनारको उद्देश्य विद्यार्थीहरूको चेतना र समझ बढाउन सहयोग गर्नु हो । सेमेस्टर प्रणालीमा सेमिनारलाई 'क्रेडिट' वा 'गैरक्रेडिट' पाठ्यक्रमको रूपमा प्रस्तुत गरेर विद्यार्थीहरूलाई अन्तरक्रियात्मक शिक्षा, कार्य र उनीहरूको भूमिकालाई प्रतिविम्बन प्रक्रियामार्फत थप व्याहारिक ज्ञान प्रदान गर्न सकिन्छ । उच्च शिक्षाका धेरै समस्यामा नीतिगत कमजोरी, नीति तथा कार्यक्रमको कमजोर कार्यान्वयन र राजनीतिक प्रभावका कारणले गर्दा नै जटिलता थपिएको हो भन्ने हेक्का नीति निर्माताहरूले ढिलो गरी महसुस गर्न थालेका छन् । नीति निर्मातामात्र होइन संस्थाका लागि शैक्षिक नीतिहरू निर्धारण गर्ने प्राथमिक जिम्मेवारी अध्यापकहरूको पनि हुनुपर्छ । प्रायः सबै विश्वविद्यालयका विद्यार्थीहरू आफ्ना संकायको कार्यसम्पादन, विषयको विषयवस्तु, मूल्याङ्कन प्रणाली र पूर्वाधार र विश्वविद्यालयका नीतिहरूबाट सन्तुष्ट भएका छन् वा छैनन् रु आगामी दिनमा विश्व बजारलाई भेट्न र नेतृत्व गर्न हाम्रो शिक्षा प्रणालीलाई अझ परिस्कृत ढंगबाट अघि बढाउनुपर्छ ।
सेमिनार विधि
उच्च शिक्षामा सेमिनार पद्धति प्रस्ताव गर्दै गर्दा सेमिनार समय, गेस्ट लेक्चरर ९आमन्त्रित वक्ता०, सेमिनार सत्र सहजकर्ता र सहभागी विद्यार्थीहरूजस्ता केही विषयबम बारेमा सुनिश्चित गर्नुपर्ने हुन्छ । सेमिनार सत्रको लागि वक्ताको छनोट गर्दा शैक्षिक कार्यक्रमसँग सम्बन्धित र सफल व्यवसायीलाई प्राथमिकता दिन सके विद्यार्थीहरूलाई जागिरबाहेक आफ्नै उत्पादन वा व्यवसायमा उत्प्रेरित गर्न मद्दत गर्नेछ । अझ वक्ताको लागि त्यस्ता मानिसहरूमा केन्द्रित गर्नुपर्छ जसले आफ्नै उत्पादनलाई उद्योगको रूपमा विकास गरेको होस् । यसले विद्यार्थीहरूलाई जागिरबाट अलग हुन मद्दत गर्नेछ भने देशमा बेरोजगारी दर घटाउन मद्दत गर्नेछ । किनभने यस्ता वक्ताबाट विद्यार्थीहरू प्रेरित हुनेछन् । फलस्वरूप समाज बिस्तारै आत्मनिर्भरताको बाटोमा अघि बढ्न सक्छ । यस कार्यको थालनी भए व्यवसायीलाई विश्वविद्यालयमा गेस्ट लेक्चररको रूपमा भित्र्याउन सकिन्छ । उनीहरूलाई थप प्रोत्साहनको निम्ति विश्वविद्यालयले व्याख्यान दिएकोमा धन्यबादसहित प्रमाणपत्र पनि दिन सक्छ।
शैक्षिक कार्यक्रमहरूमा सेमिनार सत्रहरूलाई चार भागमा विभाजन गर्न सकिन्छ । सेमिनार एकदेखि तीनसम्म गेस्ट लेक्चररलाई राखे पनि अन्तिम सेमिनारमा सहभागी विद्यार्थीहरू नै सत्रको मुख्य वक्ता हुनेछन् । सेमिनारको अन्तिम सत्रमा प्रत्येक विद्यार्थीलाई प्रस्तुति दिन अनिवार्य हुनुपर्छ उत्तीर्णाङ्क प्राप्त गर्न । यसले सबै सेमिनारहरूमा उनीहरूको कुल उपस्थितरअनुपस्थित समय, सेमिनार एकदेखि तिनसम्मलाई जोड्दै विद्यार्थीको पढाइको विषय र भविष्यको कार्यक्षेत्रलाई समेट्दै ुटर्म पेपरु लेख्नुपर्ने कारणले गर्दा लेखन सीप, र अन्तिम प्रस्तुतीकरणको मूल्याङ्कन गर्नुपर्छ । यसले विद्यार्थीहरूको नेतृत्व कौशल बढाउन सहयोग गर्नेछ । लेखन कौशल र उच्च शिक्षाको समयमा आफ्नो भविष्यको वाहक क्षेत्र निर्धारण गर्न कुनै न कुनै तरिका बुझ्न यस विधिबाट सकिनेछ ।
यस्ता क्रियाकलापको थालनीबाट विद्यार्थी र अभिभावक, विश्वविद्यालय, समुदाय, देशलगायत सबै सरोकारवालालाई फाइदा पुग्ने आशा गर्न सकिन्छ। लाभ भने यसको उचित कार्यान्वयनमा निर्भर हुन्छ । यस्तो अवस्थामा बेरोजगारीको भार कम गर्न र विद्यार्थीहरूको सीप विकास ९पेपर लेखन, प्रस्तुतीकरण सीप र क्यारियर अभिमुखीकरणआदि० सुधार गर्न सेमिनार सुरु गर्नु फलदायी हुनसक्छ । किनभने हाम्रो शिक्षा प्रणालीमा स्रोतहरूको अभावले प्रत्येक विद्यार्थीलाई छुन सक्दैन । जब युवाले राम्रो गर्छन् समुदायले राम्रो गर्छ, र हाम्रो अर्थव्यवस्थाले सही बाटो पछ्याउँछ ।
युवा उद्यमशीलता
अनुसन्धान क्षेत्रमा काम गर्ने सिलसिलामा विश्वका केही विकसित मुलुकमा बस्ने मौका पाउँदा यी देशको विकासको कारण नै स्रोतहरूको उचित ढंगबाट सदुपयोग हो भन्नेमा ज्ञान भयो । त्यस्ता स्रोत मानवीय हुन् वा प्राकृतिक(खनिज वा आयातित कच्चा पदार्थ वा कृत्रिम ढंगबाट निर्मित वस्तु हुन् सबै स्रोतलाई उद्योगको रूपमा विकास र विस्तार गर्न उनीहरू अब्बल रहे । हाम्रोमा कृत्रिम ढंगबाट निर्मित वस्तुलाई उद्योगको रूपमा उपयोग गर्ने अवस्था नरहे पनि अन्य स्रोत प्रशस्त मात्रमा उपलब्ध रहेकोले सम्भावनाका आधार अझै बलिया छन् । जस्तै २०४६ सालको परिवर्तनपछि प्राकृतिक स्रोत जलविद्युत् क्षेत्र उद्योगका रूपमा विस्तार भइसकेको छ ।
आज नेप्सेमा उल्लेखित हाइड्रो कम्पनीहरू नै दर्जनभन्दा बढी छन् । यसभन्दा बढी वनपैदावार क्षेत्र अझ फराकिलो हुनुपर्ने थियो । किनभने वनपैदावारको उपयोगपछि त्यसलाई पुनः उत्पदन गर्ने प्रशस्त भूभाग देशमा उपलब्ध थियो । तर, यो क्षेत्र खुम्चिन पुग्यो । हुनत यस क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको वनले कार्बन खपत गरेबापत अन्तराष्ट्रिय समुदायबाट यति अर्ब पाउँछ भनेको सुनिन्छ तर यसले भोलिका दिनमा निरन्तरता नपाउन सक्छ । किनभने हरित प्रविधिको अवधारणाअनुसार ठूलाठूला फ्याक्ट्रीबाट निस्कने ग्यासलाई वायुमण्डलमा जान नदिई कार्बनडाइअक्साइड, मिथेन र कार्बनमनोअक्साइडको रूपमा परिणत गर्ने र यिनै ग्यासलाई कार्बन फिडस्टकको रूपमा प्रयोग गरी कृत्रिम तरिकाबाट कार्बनका उपयोगी वस्तु उत्पादन गर्ने कल्पना गरिएको छ । यो सफल भए यी ग्यासहरू वायुमण्डलबाट स्वतः घट्दै जानेछन् । तसर्थ, देशमा उपलब्ध स्रोत र उचित सिकाइलाई जोड्न सके युवा उद्यमशिलताको दायरा भोलिका दिनमा फराकिला हुँदै जानेछन् ।
अन्त्यमा, यस किसिमको शैक्षिक वातावरण तथा व्यावहारिक शिक्षाले पक्कै पनि विद्यार्थीको ज्ञान, सीप तथा क्षमतामा अभिवृद्धि गराई आफ्नो विषयमा कुशल बनाउँछ । नेपालका शैक्षिक सस्थाहरूले समेत यस्ता अभ्यास थालनी गर्न सके नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्नुको साथै विद्यार्थीलाई उद्यमशिलतामा जान र देशमै रही काम गरिरहेका व्यवसायीलाई थप प्रोत्साहन मिल्ने विश्वास गर्न सकिन्छ।
(ताइवान राष्ट्रिय प्रविधि विश्वविद्यालयबाट स्रोत विज्ञानमा विद्यावारिधि र कोरियास्थित संक्वान विश्वविद्यालयबाट कार्बन वस्तुमा पोस्टडक्टरेट गरी स्रोत विज्ञानको उत्पादन र उपयोगको क्षेत्रमा अनुसन्धानरत)