site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एक्समा एलन मस्कका पाँच दिन : भ्रामक र गलत सूचनाको बाढी

काठमाडौं । यही सेप्टेम्बर १८ मा अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले न्युयोर्कमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रम सुरु हुनुभन्दा ठिक एक घण्टाअगाडि उक्त स्थलमा बम राखिएको हल्ला अनलाइनभरि फैलियो । पछि उक्त हल्ला गलत सावित भयो ।

बम राखिएको हल्ला गलत सावित हुन्जेलसम्म एक्स (पुरानो ट्विटर)का मालिक एलन मस्कले यसलाई आफ्नो पोस्टमार्फत सामाजिक सञ्जालमा फैलाइसकेका थिए । एक्समा एलनका २०० मिलियन फलोअर छन् ।

दोस्रो राष्ट्रपतीय बहस र दोस्रोपल्ट ट्रम्पको हत्या प्रयास भएपछि सेप्टेम्बर १६ देखि २० सम्म मस्कले गरेका भ्रामक पोस्टमध्ये एक हो यो । न्युयोर्क टाइम्सको विश्लेषणानुसार, प्रविधिका बादशाह मानिने मस्कका पाँच दिनका १७१ पोस्ट र रिपोस्टमा गैरकानुनी आप्रवासन, चुनावी षड्यन्त्र सिद्धात, जालसाजी र डेमोर्क्र्याट उमेदवारमाथि प्रहार गरिएको छ ।

Dabur Nepal
NIC Asia

असत्य सूचना र षड्यन्त्र सिद्धान्त ‘मनिटर’ गर्ने विज्ञले एक्सका मालिकले आफ्नो पदीय दुरुपयोग गर्दै अनलाइनको ‘इको–सिस्टम’लाई थप प्रदूषित पार्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

सन् २०२२ मा तत्कालीन ट्विटर खरिद गरेपछि मस्कले प्रमाणित नभएका विषय पोस्ट गरिरहेका छन् । गएको जुलाईमा उनले ट्रम्पलाई समर्थन गरेका थिए । त्यसपछि झन् उनले राजनीतिक विषय पोस्ट गर्ने क्रम बढाएका छन् ।

सेप्टेम्बर १६–२० का बीचमा उनले गरेका पोस्टमध्ये एकतिहाइ गलत छन् । भ्रामक छन् । उनले गरेका कतिपय पोस्टका त मुख्य सन्दर्भ नै छैनन् । मस्कले गरेका कतिपय पोस्टमा डेमोर्क्र्याटले ‘मिम’लाई गैरकानुनी बनाउन लागेको र अवैध आप्रवासीबाट भोट लिन सीमा खुला गर्न चाहन्छन् भन्ने दाबी गरिएको छ ।

मस्कका भ्रामक पोस्टहरू ८०० मिलियनपटक हेरिएका छन् । एक्समा उनको अकाउन्ट ‘युनिक’मा पर्छ । उनको अकाउन्ट भ्रामक सामग्रीको महत्त्वपूर्ण स्रोत भएको छ । सेप्टेम्बर १८ देखि २७ का बीचमा मस्कले कैयौँ जोक्स र मिम पोस्ट गरे । तर, यीभन्दा बढी ‘भ्युज’ र ‘अटेन्सन’ उनको राजनीतिक विचार र भ्रामक पोस्टहरूमा छ ।

१०० मिलियनभन्दा बढीपटक हेरिएको उनको एउटा पोस्ट भ्रामक अनुमानमा आधारित छ । राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले धेरै राज्यमा जित्दै छन् भन्ने उनको पोस्ट भ्रामक अनुमानमा आधारित हो ।

यो पोस्टका निम्ति उनले चुनावी प्रक्षेपण गर्ने नाटे सिल्भरको तथ्यांक प्रयोग गरेका छन् । जतिखेर मस्कले यसलाई आफ्नो पोस्टमार्फत सेयर गरे, त्यसअघि नै सिल्भरले यो तथ्यांक फेरिसकेको थियो । अद्यावधिक तथ्यांकमा ट्रम्पको तुलनामा कमला ह्यारिसको प्रदर्शन राम्रो देखिन्छ भन्ने छ । मस्कको पोस्टमा केही प्रयोगकर्ताले उनले प्रयोग गरेको तथ्यांक गलत छ भनेका छन् । तर, मस्कले आफ्नो पोस्ट न हटाएका न त सच्याएका छन् ।

जबकि, सन् २०२२ मा मस्कले भनेका थिए, “ट्विटर राजनीतिक रूपमा तटस्थ हुनुपर्छ ।”

अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा मस्कका पोस्टहरूले उनको व्यक्तिगत राजनीतिक विचारधारा देखाउँछ । उनको यो राजनीतिक विचारधारा यसअघिका कोभिड–१९ को लकडाउन, तेस्रोलिंगीको अधिकार र सरकारी नियमनबारे दिएका अभिव्यक्तिभन्दा बढी संकुचित छ ।

पछिल्लो समय उनले गरेका आधाभन्दा बढी पोस्टमा राजनीतिक विषय छ । त्यसमा आप्रवासी, भोटर ‘फ्रड’ र वाक् स्वतन्त्रताका कुरा छन् । यीमध्ये धेरैजसो पोस्ट न्यु क्यालिफोर्निया राज्यको कानुनबारे छन् ।

न्यु क्यालिफोर्नियामा ‘डिप फेक’लाई नियमन गर्ने कानुन छ । यो कानुनको जवाफमा मस्कले कमला ह्यारिसको डिप फेक भिडियो पोस्ट गरे । उक्त भिडियोमा कमलाले कानुनलाई ‘प्यारोडी’ भनेको सुनिन्छ ।

यसबाहेक ट्रम्पको आप्रवासी मुद्दाका विषय पनि मस्क लगातार पोस्ट गरिरहन्छन् । उनले अनधिकृत आप्रवासीले निर्वाचनको नतिजा प्रभावित पार्न सक्छन् भनेर पनि पोस्ट गरेका छन् । तर, यथार्थमा अनधिकृत आप्रवासीले मतादान गर्न पाउँदैनन् । अनधिकृत आप्रवासीले निर्वाचन प्रभाव पार्ने विषय गलत भनेर निर्वाचन आयोगले बारम्बार भन्दै आएको छ ।

मस्कका कतिपय पोस्ट ‘राइट–विङ’बाट प्रभावित हुन्छन् । यस्ता पोस्टमा षड्यन्त्र सिद्धान्त अपनाइएको हुन्छ । उनका दर्जन बढी पोस्ट एक्सको ‘कन्टेन्ट मोडेरेसन’ले ‘कम्युनिटी नोट’अन्तर्गत ‘फ्ल्याग’ गरेको छ । कम्युनिटी नोटको फ्ल्याग प्रयोगकर्ताले पोस्ट सच्याउन भनेका आधारमा आउँछ । कम्युनिटी नोट हालका निम्ति एक्सको प्रस्तावित तथ्यजाँच हो ।

उनले आफ्नो एक्स पोस्टबाट भ्रम फैलाउन गर्न कम गरेका छैनन् । सेप्टेम्बर २० मा न्युयोर्क टाइम्सले मस्कका पोस्टको विश्लेषण गरेको पछिल्लो दिन उनले ४५ पोस्ट गरे । त्यसमा आप्रवासी, मिडिया र निर्वाचनका कुरा छन् ।

मस्क कतिसम्म छन् भने, उनले एक्सको कम्युनिटी नोटबारे पनि एउटा पोस्ट गरेका छन् । उनले लेखेका छन्, “तपाईंले भ्रामक र गलत पोस्ट देख्नुभयो भने कम्युनिटी नोटमा रिक्वेस्ट गर्नुहोस् ।”

प्रयोगकर्ताले कम्युनिटी नोटमा भएका कमजोरीका विषयमा पनि पोस्ट गरेका छन् । तर, कम्युनिटी नोट प्रस्तावित कार्यक्रम हो । त्यसकारण कम्युनिटी नोटको फ्ल्याग सार्वजनिक रूपमा देखिँदैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro