site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निश्चलले कसरी विश्वास गरे सजन र आकाशलाई ? 

काठमाडौं । निश्चल बस्नेत कलाकार मात्रै होइनन्, निर्देशक पनि हुन् । कलाकारभन्दा पनि निर्देशकका रूपमा उनको नाम अगाडि आउँछ । तर उनले अभिनय र निर्देशन दुवैलाई ब्यालेन्स गर्दै अगाडि बढाइरहेका छन् । 

एक दिन सजन काफ्ले र आकाश बराल निश्चलसँग आएर प्रस्ताव  लगानी गर्न प्रस्ताव गरे । उनीहरूले भने– हामीसँग सिनेमाको स्क्रिप्ट छ । निर्देशन हामी आफैँ गर्छौं । तपाईंले लगानी गरिदिनुपर्‍यो । 

निर्देशकसँगै आएर सजन र आकाशले निश्चललाई लगानी गरिदिन आग्रह गर्दैथिए । त्यो पनि निर्देशन आफैँ गर्ने सर्तमा । 

Dabur Nepal
NIC Asia

निश्चलले सिनेमा पढ्दा नै टेक्स्ट बुकमा पढेका हुन्, सिनेमा किन बनाउने ? आफैँले चलचित्र बनाउँदा पनि ‘म यो सिनेमा किन बनाउँदै छु’ भनेर आफैँले आफैँलाई सोध्छन् । 

आफैँले आफैँलाई त सोध्ने प्रश्न अरुलाई नसोध्ने कुरै भएन । उनले सोधे– यो सिनेमा किन बनाउन लागेको र मैले किन लगानी गर्ने ? 

सजन र आकाशको जवाफमा निश्चल कन्भिन्स भए । त्यसपछि बाँकी रह्यो निर्देशनमा उनीहरूलाई किन विश्वास गर्ने ? त्यसमा पनि उनीहरूले निश्चललाई कन्भिन्स गरे । 

“उनीहरूले भनेको कुरामा म कन्भिन्स भएँ । यी–यी कारण हामी ह्यान्डल गर्न सक्छौँ भने । मैले विश्वास गरेँ । बीचमा अफ्ठ्यारो पर्दा ह्यान्डल गर्ने म पनि छँदै छु भन्ने लाग्यो,” निश्चल भन्छन्, “त्यसपछि हामी बेहुली फ्रम मेघौलीमा लगानी गर्न तयार भयौँ ।” 

‘बेहुली फ्रम मेघौली’मा निश्चलको क्यारेक्टर अष्ट्रेलिया रिटर्न्स युवकको हो । ऊ विदेशबाट फर्किएपछि विवाह गर्ने सोचमा हुन्छ । त्यहीबीचमा मीना (स्वतस्तिमा खड्का)सँग भेट हुन्छ । एकले अर्कालाई व्यक्तिगत रूपमा बुझिरहेका बेला के–कस्ता घटना घट्छन् । त्यही अवस्थाबाट कथा अगाडि बढ्ने निश्चलले बताएका छन् । 

छोरीको उमेर २९ वर्ष पुग्दा परिवार, समाज र आफन्तलाई उसको विवाहलाई लिएर तनाव हुन्छ । तर निश्चल विदेशबाट फर्किएको केटा भएकाले धेरै कुरा आफैँ मिलिरहेको छ । नमिल्ने कुरा पनि विदेशबाट आएको केटा भनेपछि आफैँ मिलिरहेको कथा चलचित्रमा निश्चलले निभाएको निश्चल बताउँछन् । 

“यही कथालाई रमाइलो तरिकाले देखाइएको छ । सिचुएसनल कमेडी छ । कमेडी गर्नका लागि कमेडी गरिएको छैन । अरुको सुख र दुःख दुवैमा दर्शक हास्नुहुन्छ,” निश्चल भन्छन्, “कमेडी भन्नबित्तिकै हाम्रो चलचित्र फुल अन कमेडी होइन । कथा भन्दै जाँदा हासो सिर्जना हुने हो ।”  

नेपाली समाजमा ३० वर्षको आसपासमा पुगेपछि विवाहका लागि केटालाई पनि चौतर्फी दबाब आउने गरेको भन्दै निश्चल भन्छन्, “केटीहरूलाई त झन कस्तो होला ? कति प्रेसर झेल्नुपर्छ होला भन्ने तथ्यलाई सिनेमा बनाएका छौँ ।” 

चलचित्र पूर्ण मनोरञ्जनात्मक होस् वा सोसल ड्रामा हरेक चलचित्रले केही न केही कथा भन्ने उनी बताउँछन् । “जुन सुकै चलचित्र होस्, त्यसमा दुई घण्टा मेकरको हो । मेकरले दुई घण्टामा केही न केही कुरा भन्छ । त्यसलाई कसरी भन्ने र दर्शकले लिने भन्ने मात्र हो ।” 

‘बेहुली फ्रम मेघौली’को मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का छिन् । उनले सिनेमामा २९ वर्ष उमेर पुगेकी केटीको भूमिका निभाएकी छन् ।  

“हाम्रो चलचित्रमा २९ वर्ष टेकेकी महिला पात्र छ । ३० वर्ष पुग्न लाग्यो । विवाह भएको छैन । अब बर्बाद नै भयो । ३० वर्ष पुगेपछि केटा नै पाउँदैन भन्ने प्रेसर छ,” उनी भन्छिन्, “केटीले मात्रै होइन उसका आफन्त, परिवारबाट आउने प्रेसर केटीले कसरी हेन्डल गर्छ भन्ने कुरा छ । यसलाई रमाइलो तरिकाले देखाइएको छ ।”  

केटीको उमेर बढ्दै गएपछि उसका अगाडि धेरै अप्सनहरू नै स्वत कम भएर जाने उनको भनाइ छ । यही कुरालाई देखाउन ट्रेलरमा एक ठाउँमा संवाद छ,– २९ मा पनि त ३० छ ।
 
“केटीको उमेर बढ्दै गएपछि उसको च्वाइसको अप्सन नै कम हुँदै जान्छ । उमेर बढेपछि डिभोर्स भएको, सुधार केन्द्रबाट निस्किएको केटा पाउँछ भन्नेछ,” स्वस्तिमाले सार्वजनिक कार्यक्रमहरूमा भन्दै आएकी छन्, “यस्तै कुरा हामीले देखाएका छौँ । ३० वर्ष पुगेपछि बिक्दैन भन्ने भाष्यलाई देखाएका छौँ ।” परिवार बसेर हेर्न सकिने चलचित्र बनेको उनको भनाइ छ । 

‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदै छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro