site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बेहुली फ्रम मेघौली’लाई मल्टिप्लेक्सले दिए उच्च शो, क्यूएफएक्समा मात्रै ७२ शो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज १७ गतेबाट रिलिज हुने चलचित्रको टिकट बुकिङ खुला भएको हो । 

चलचित्रले मल्टिप्लेक्समा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले ७२ शो पाएको छ । क्यूएफएक्सले काठमाडौं उपत्यकामा ३३ शो दिएको छ ।  काठमाडौं बाहिर यो सिनेमाले ३९ शो पाएको छ । 

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईमा १४ शो पाएको छ । एक वान सिनेमाजमा ११ शो पाएको छ । 

अन्य मल्टिप्लेक्सले पनि ‘बेहुली फ्रम मेघौली’लाई उच्च शो दिएका छन् । केही हलले भने शो बाँडफाँट गर्न बाँकी छ । 

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा खड्का र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । लगानी पनि निश्चल र स्वस्तिमा कै हो । 

‘बेहुली फ्रम मेघौली’को मुख्य भूमिकामा स्वस्तिमा र निश्चल सँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

चलचित्रका लेखक तथा निर्देशक सजल काफ्ले र आकाश बराल हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro