site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकटको अधिकतम मूल्य नलिन विमान कम्पनी सहमत
फाइल तस्बिर ।

काठमाडौं । सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन विमान कम्पनीहरू सहमत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशन र विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म कम भाडादरमै टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत भएका हुन् ।

मन्त्री पाण्डेको निर्देशनअनुसार वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन् ।

Argakhachi Cement Island Ad

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन् ।

वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोपश्चात सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाई टिकट नबेच्न निर्देशन दिइएको हो ।

यसअघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए । अविरल वर्षासँगै बाढीपहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्