site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडी ग्लोबल भन्छ– नेपालमा ईभीको रुपान्तरणलाई ‘लिड’ गरिरहेका छौँ
SkywellSkywell

काठमाडौं । नेपाली बजारमा सार्वजनिक बीवाईडी एट्टो ३ को २०२४ संस्करण विशेष र बेस्ट सेलिङ एसयूभी बनेको बीवाईडी ग्लोबलले जनाएको छ । 

बीवाईडी ग्लोबलले सन् २०२२ को अक्टोबरमा एट्टो ३ को १५० किलोवाट मोटर क्षमताको भेरियन्ट सार्वजनिक गर्दै नेपाली बजारमा अत्याधुनिक ईभी एसयूभीकारुपमा प्रभाव पारेको बताएको छ ।

अत्यधिक माग बढेसँगै ग्राहकहरुलाई किफायती र विशेष पर्फमेन्सको ईभी एसयूभी उपलब्ध गराउन सन् २०२३ को फेब्रुअरीमा कम्पनीले बीवाईडी एट्टो ३ को १०० किलोवाट मोटर क्षमताको भेरियन्ट सार्वजनिक गरेको बताएको हो । नेपालले ईभीलाई महत्वका साथ अँगालेको भन्दै यो रुपान्तरणलाई बीवाईडीले ‘लिड’ गरिरहेको कम्पनीको भनाइ छ । हालसम्म नेपालमा करिब साढे पाँच हजार बीवाईडी ईभी बिक्री भइसकेका छन् ।

Dabur Nepal
NIC Asia

कम्पनीले यस वर्ष सन् २०२४ मा १०० किलोवाट मोटर क्षमताकै बीवाईडी एट्टो ३ को २०२४ संस्करण सार्वजनिक गरेको बताएको छ । यो नयाँ संस्करणमा महत्वपूर्णरुपमा अपग्रेडेड र डाइनामिक ड्राइभिङ  अनुभव प्रदान गर्ने फिचर समावेश गरिएको कम्पनीको भनाइ छ ।

ब्लेड ब्याट्री र ई–प्लेटमर्फ ३.० मा बनेको १०० किलोवाट मोटर क्षमताको गाडीमा विशेष सुरक्षा, पर्फमेन्स र सस्टेनबिलिटी रहेको कम्पनीको दाबी छ । दुई वर्षमै एट्टो ३ को ३ हजारभन्दा बढी युनिट बिक्री गरिसकेको बताउँदै बीवाईडी ग्लोबलले साइमेक्स इंकसँगको सहकार्यमा नेपाली बजारमा बलियो स्थिती कायम राख्ने बताएको छ । 

मोटरपावरको स्पष्टिकरण

बीवाईडीको नेपालका लागि आधिकारी बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठलले बीवाईडी ग्लोबलको यो टिप्पणी नेपाली बजारमा एक सय किलोवाट मोटर क्षमताको एट्टो ३ बारे थप स्पष्टिकरण भएको बताएकी छन् । “मोटरपावरबारे अनेकथरी कुरा आउने गरेका थिए । यो एक किसिमले बीवाईडी ग्लोबलको स्पष्टिकरण पनि हो । उसले नेपालका लागि एक सय किलोवाट मोटरक्षमताको गाडी उत्पादन गरेका हौं भनेको छ । नेपाल मात्रै नभएर भारत, बंग्लादेश र श्रीलंकालगायतमा समेत एकसय किलोवाट मोटर क्षमताको एट्टो ३ बिक्री भइरहेको छ ।”

बीवाईडी ग्लोबलले एक सय किलोवाट मोटर क्षमताको गाडी नेपालमा उपलब्ध गराइ रहेका छौं भन्नु एट्टो ३ को मोटर क्षमता बढी हो भन्नेका लागि आफैमा जवाफ भएको उनको भनाइ छ । 

बीवाईडी एट्टो ३ को २०२४ संस्करणमा इन्फोटेनमेन्ट सिस्टम १५.६ इन्चको छ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्टमा हाई–पर्फमेन्स कन्टिनेन्टल टायर रहेको बीवाईडीले जनाएको छ ।

नयाँ संस्करणको गाडी बीवाईडी एपसँग जोडिएको छ । यसबाट गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ । यस्तै, टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्नसमेत सकिने कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro