site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सेनाका पाल र साहु बने पहिलो रात्री दाैड विजेता 
SkywellSkywell

नेपालगन्ज  । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्रि दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

यसमा सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तृतीय भए । सन्ताेषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दाैड पूरा गरि तृतीय भएका थिए ।

Dabur Nepal
NIC Asia

धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन 'दशाैंमा दस इभेन्ट' अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन् । उनले ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा काेहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दुरी पूरा गरि दाेस्राे भइन् । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । 

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गाैतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu