site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफको फराकिलो जितमा रश्मीको पाँच गोल 

काठमाडौं । रश्मीकुमार घिसिङको पाँच गोलप्रेरित एपीएफ क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा कोसी प्रदेशविरुद्ध ८–० को सहज जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मीले पाँच गोल गरिन् । यस्तै, अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपे ।

खेलको पाँचौं मिनेटमा अनिता केसीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । १९औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफको अग्रता दोब्बर बनाइन् । ५६औँ मिनेटमा रश्मीले गोल गर्दै एपीएफको अग्रतालाई ३–० मा पुर्याइन् । 

खेल सुरु भएको आठ मिनेटभित्र एपीएफले पाँच गोल गर्दै फराकिलो जित निश्चित गरेको हो । ८०औँ मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । यसपछि रश्मीले ८१औँ मा व्यक्तिगत दोस्रो, ८५औँ मा ह्याट्रिक गरिन् । ८७ औँ मा चौथो र ८८औँ मिनेटमा पाँचौं गोल गरिन् ।

जितसँगै सात खेलबाट १९ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा यथावत् छ । लिगमा एपीएफ हालसम्म अपराजित छ । समान खेलबाट १० अंक जोडेको कोसी भने तालिकाको पाँचौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro