site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फाले अझै पेस गरेन दशरथ रंगशालाको स्तरोन्नति कार्ययोजना

काठमाडौं । दशरथ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले माग गरेको कार्ययोजना एन्फाले अझै पेस नगरेको पाइएको छ ।

साउन अन्तिमतिर राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र एन्फाले परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेस गर्ने सहमति भएको थियो । सहमतिअनुसार एन्फाले १५ दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरी फुटबल मैदानलाई स्तरोन्नति गर्न कार्ययोजना पेस गर्नुपर्ने थियो ।

तर, छलफल भएको एक महिना बितिसक्दा पनि कार्ययोजना पेस नगरेपछि राखेपले फेरि ध्यानाकर्षण गराउन पत्राचार गरेको छ ।

अबको सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधिसहितको कार्ययोजना पेस गर्न पुन: पत्राचार गरिएको राखेपको संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro