site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइपजिगविरुद्ध एट्लेटिको मड्रिडको पुनरागमन जित 

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले आरबी लाइपजिगविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । बिहीबार राति सिभिटस मेट्रोपोलिटानोमा एट्लेटिकोले खेलको सुरुआती मिनेटमै पछि परेको अवस्था उल्ट्याउँदै जित दर्ता गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्टोइन ग्रिजमन र जोजे मारिया जिमेनेजले गोल गरे । पाहुना टिमका बेन्जामिन सेस्कोले गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा सेस्कोले गोल गरेपछि एट्लेटिकोको घरेलु समर्थकमाझ लाइपजिगले अग्रता बनाएको थियो । तर, २८औँ मिनेटमा एन्टोइनले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । खेलको निर्धारित समयको अन्तिम मिनेटमा गिमेनेजले निर्णायक गोल गरेपछि एट्लेटिकोले जितबाट प्रतियोगिताको सुरु गरेको हो ।

जितसँगै तीन अंक जोडेको एट्लेटिको तालिकाको १२औँ स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोरेको लाइपजिग २२औँ स्थानमा छ ।

लिगअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा बेन्फिकाले एफके रेड स्टारविरुद्ध २–१ को जित निकाल्यो ।

यस्तै, इटालियन क्लब एटलान्टा र इंग्लिस क्लब आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro