site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१० खेलाडीमा सीमित बार्सिलोनाविरुद्ध मोनाकाको जित 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलको सुरुआती मिनेटमै १० खेलाडीमा सीमित बनेको बार्सिलोनाविरुद्ध मोनाकोले २–१ को रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदान स्टेड लुइसमा मोनाकोलाई जित दिलाउन म्याग्नेस अक्लिआउचे र जर्ज इलेनिकेनाले गोल गरे । बार्सिलोनाका युवा फरवार्ड लामिन यमलले गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

Dabur Nepal
NIC Asia

खेलको १०औँ मिनेटमा इरिक गार्सियाले सोझै रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसको ६ मिनेटपछि अक्लिआउचेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । २८औँ मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । तर, ७१औँ मिनेटमा इलिनिकेनाले निर्णायक गोल गरेपछि मोनाकोले क्याटालन जायन्टलाई २–१ ले निराश बनाएको हो ।

जितसँगै मोनाको तालिकाको १४औँ स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित बार्सिलोना २३औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro