site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सतिशको ‘अरबमा घाम छ’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । सतिश चापागाइँको नयाँ गीत सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको बाध्यतामा केन्द्रित रहेर तयार पारिएको गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

सञ्जीव बराइलीको स्वर रहेको गीत ‘अरबमा घाम छ’मा संगीत दीप घतानीको छ । शब्दरचना सतिश चापागाइँको छ । 

गीतले नेपाली युवाले देशमा भोगिरहेको बढ्दो बेरोजगारी समस्यालाई चित्रण गरेको छ । एकातिर बेरोजगारीका कारण काम नपाउने, पाए पनि वर्षौंसम्म पैसा नपाउने समस्यालाई सतिसले गीतमा उतारेका छन् । 

Dabur Nepal
NIC Asia

यही बाध्यतालाई समेटेर तयार पारिएको उनको गीतको हुकलाइनले भन्छ– 
अरबमा घाम छ कसलाई पो था’छैन ।
अरबमै काम छ नगइ भा’छैन । 

गीतको यो स्थायीले भनेको अहिलेको आम नेपाली युवाले भोग्दै आएको समस्या हो । खाडी मुलुकमा चर्को घामबीच काम गर्नुपर्ने भए पनि आफू र परिवारका लागि जानै पर्ने बाध्यतालाई गीतमा भनिएको छ । 

अरब गएपछि जस्तोसुकै भए पनि काम पाइहाल्ने सत्यता बताउने गीतले नेपालमा बेरोजगार बस्नुपर्ने अवस्थालाई उजागर गरेको छ । 

बाआमा बुढी बच्चा मेरै भरमा,
वर्षौं भयो पटेभरी खाना पा’छैन ।

स्वदेश भनेर बस्दा परिवार र आफ्नो पेट भोकभोकै हुने अस्थालाई गीतमार्फत बताइएको छ । 

गीतको भिडियो पनि तयार पारिएको छ । विशाल थापाले खिचेको भिडियो सम्पादन विभोर पोखरेलले गरेका छन् । निर्देशन पनि पोखरेलले नै गरेका छन् । 

भिडियोमा दीप घतानी, सिमा क्षेत्री र मिरेश अधिकारी फिचर्ड छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu