site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
टार्जन बुढाथोकी ‘इमर्जिङ लिडर अवार्ड’को फाइनलिस्ट सूचीमा

विराटनगर । अष्ट्रेलियामा अध्ययन नेपाली विद्यार्थी टार्जन बुढाथोकी ‘इमर्जिङ लिडर अल्मुनाई अवार्ड’ को फाइनलिस्टको सूचीमा परेका छन् ।

स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि सात विधामा दिने अवार्डमध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार्डको लागि प्रकाशित अन्तिम नामावलीमा समावेश छ ।

उनीसँगै भारतका फजिल मोह्मद र बंगलादेशका हसन मुट्टाकिन छन् । तीनमध्ये एकजनाले इमर्जिङ लिडर अवार्ड पाउने छन् ।

विराटनगर–५ घर भएका बुढाथोकी सन् २०१८ मा अष्ट्रेलिया अध्ययनका लागि गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् ।

२०२२ मा मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट व्याचलर अफ इन्जिनियरिङ टेक्नोलोजिष्ट गरेका बुढाथोकी टीएक्सओ कम्पनीमा काम गर्छन् ।

विश्वविद्यालय पढ्दा देखाएको नेतृत्वदायी क्षमता, आफ्नो समुदायमा गरेको योगदान र भिक्टोरियाको अन्तर्राष्ट्रिय शिक्षामा गरेको योगदानका आधारमा प्रतिस्पर्धी छानिन्छन् ।

उनी मेलवर्नमा रहेका नेपाली विद्यार्थी र यहाँ हुर्किंदै गरेको नेपालीभाषी पुस्तालाई एकआपसमा घुलमिल गराउने र यहाँको संस्कृतिसँग समेत परिचित गराउने उद्देश्यले स्थापना भएको मेलवर्न नेपालका उपाध्यक्ष हुन् ।

इमर्जिङ लिडरको अवार्ड पाएमा त्यसले नेपाली समुदायलाई भिक्टोरियामा चिनाउन थप सहज हुने बुढाथोकीले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्