site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मेटा र स्पोटिफाईद्वारा युरोपेली संघको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
SkywellSkywell

रासस र एएफपी । मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सन्दर्भमा खण्डित र असंगत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली संघको आलोचना गरेको छ । 

युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडि पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन् ।
 
हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाको लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन् ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मुल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा संकलन गर्ने योजना स्थगित गरेको थियो । 
 
“युरोपेली डाटा संरक्षण अधिकारीको हस्तक्षेपले एआई मोडेलहरूलाई प्रशिक्षण दिन कस्तो प्रकारको डाटा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा ठूलो अनिश्चितता सिर्जना गरेपछि अहिले समयमा नियामक निर्णय लिने काम खण्डित र अप्रत्याशित भएको छ”, पत्रमा भनिएको छ। 

Dabur Nepal
NIC Asia

युरोपेली आयोगका प्रवक्ताले युरोपेली संघका सबै कम्पनीबाट डाटा गोपनीयता सम्बन्धी नियमहरूको पालना गर्ने अपेक्षा रहेको बताए । 

मेटाले प्रयोगकर्ताहरूको गोपनीयता उल्लंघनका लागि रेकर्ड जरिबाना सामना गरेको छ । जसमा जीडीपीआर अन्तर्गत एक अरब यूरोभन्दा बढीको एकल जरिबाना समावेश छ । 

युरपेली संघ युरोपेली प्रविधिको दुरुपयोग रोक्नका लागि डाटा गोपनीयता सम्बन्धी प्रमुख कानुन बनाउने पहिलो क्षेत्रीय संगठन बनेको छ । यसले यो वर्षको सुरुमा एआई ऐन लागु गरेको थियो । 

मेटा र अन्य प्राविधिक कम्पनीले कानुनी स्पष्टता खोजिरहेका दाबी गर्दै युरोपेली बजारमा आफ्नो सुविधाहरु प्रदान गर्न ढिलाई गरिरहेका छन् ।  

मेटाले गत वर्ष युरोपेली बजारमा ट्विटरको वैकल्पिक सञ्जाल थ्रेड्सको रिलिजलाई धेरै महिनासम्म ढिलाइ गरेको थियो ।  

गुगलले पनि युरोपेली संघमा एआई उपकरणको रिलिजलाई रोकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu