site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पेजर विस्फोटबाट इजरायलले थालेको नयाँ युद्ध !
SkywellSkywell

काठमाडौं । लेबनानको राजधानी बेरुतमा १७ सेप्टेम्बरमा कयौँ पेजर विस्फोट भए । विस्फोटमा ९ जनाको मृत्यु भयो । करिब तीन हजार मानिस घाइते भए । पेजर विस्फोटमा परेर लेबनानका लागि इरानी राजदूत मोजताब अमानी पनि घाइते भए ।

लेबनानको हतियारधारी समूह हिजबुल्लाहका सदस्यले बोकेका पेजर इजरायलले विस्फोट गराएको आशंका छ । तर, इजरायलले पेजर विस्फोटबारे कुनै प्रतिक्रिया दिएको छैन ।

मोबाइल फोन प्रयोगमा आउनुअगाडि सन्देश पठाउन पेजरको प्रयोग हुन्थ्यो । तारविहीन यस उपकरणमा लिखित वा अडियो म्यासेज पठाउन मिल्छ । हिजबुल्लाहले लोकेसन ट्र्याक नहोस् भनेर यस्ता पेजर प्रयोग गर्ने गर्छ ।

Dabur Nepal
NIC Asia

इजरायलले सन् १९९६ मा हमास समूहका बम निर्माता याहाअय्याशलाई उनको मोबाइल ह्याक गरेर हत्या गरेको थियो । यस घटनापछि हिजबुल्लाहले पेजर प्रयोग गर्न थालेको हो ।

१७ सेप्टेम्बरको दिउँसो करिब पौने ४ बजे लेबनानका धेरै सहरमा हजारौँ पेजर पड्किए । प्रत्यक्षदर्शीका अनुसार, सुरुमा पेजरबाट धुवाँ आयो । त्यसपछि पटाका पड्केजस्तो र गोली चलेजस्तो आवाज आउन थाल्यो । पेजर विस्फोटको क्रम लगभग एक घण्टासम्म चलेको थियो ।

आफूलाई संसारकै सबैभन्दा सुरक्षित हतियारधारी समूह दाबी गर्ने हिजबुल्लाह पनि आफ्ना सदस्यले बोकेका सयौँ पेजर एकैपटकपड्किँदा चकित भएको छ ।

कसरी पड्किए पेजर ?

केही जानकारहरू पेजर ह्याक गरेर पड्किएको हुन सक्ने बताइरहेका छन् । कतिपयले त पेजरको ब्याट्री तातेर विस्फोट भएको आशंका पनि गरिरहेकाछन् । तर, यस अगाडि पेजरको ब्याट्री पड्किएको वा पेजर ह्याक भएको थिएन ।

हिजबुल्लाहसम्म पेजर पुग्नु अगाडि नै पेजरमा विस्फोटक पदार्थ राखिएको आशंका पुष्टि हुने प्रमाण फेला परेका छन् । पेजरमा १० देखि २० ग्राम विस्फोटक पदार्थ राखेर रिमोटको माध्यमबाट वा अल्फान्युमेरिक कोडले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।

समाचार संस्था सीएनएनका अनुसार, पेजर विस्फोट घटना इजरायली सैनिक र गुप्तचर निकाय मोसादलेसंयुक्तरूपमा गराएका हुन् ।

ताइवानको पेजर उत्पादक कम्पनी ‘गोल्ड अपोलो’ले उत्पादन गरेका पेजर हिजबुल्लाहले प्रयोग गरिरहेको थियो । तर, ‘गोल्ड अपोलो’ले आफूले पेजर उत्पादन नगरेको बताइरहेको छ । हंगेरीमा रहेको ‘बीएसीकन्सल्टिङ’ कम्पनीले पेजर उत्पादन गरेको र आफूले उक्त कम्पनीलाई आफ्नो नाम प्रयोग गर्ने अनुमति दिएको ‘गोल्ड अपोलो’को दाबी छ ।

‘गोल्ड अपोलो’ले जनवरी २०२२ देखि अगस्ट २०२४ सम्म दुई लाख ६० हजार पेजर निर्यात गरेको देखिन्छ । समाचार संस्था रोयटर्सका अनुसार, ‘गोल्ड अपोलो’ले मध्यपूर्व वा लेबनानमा पेजर पठाएको रेकर्ड अहिलेसम्म फेला परेको छैन । हंगेरीको कम्पनी ‘बीएसी कन्सल्टिङ’ले तीन वर्षदेखि ‘गोल्ड अपो’बाट पेज र र सञ्चार उपकरण खरिद गरिरहेको थियो ।

पछिल्लो समय ‘बीएसी कन्सल्टिङ’ले आफैँ पेजर उत्पादन गर्ने र उक्त पेजरको ब्रान्ड नाम भने ‘गोल्ड अपोलो’ राख्ने अनुमति लिएको थियो । ‘गोल्ड अपोलो’ले लेबनानमा विस्फोट भएका पेजरको निर्माण र डिजाइनमा आफू सामेल नभएको बताएको छ ।

विस्फोट भएका पेजरको तस्बिरमा एउटा रहस्यमी तार देखिएको पनि ‘गोल्ड अपोलो’ले बताएको छ । ‘गोल्ड अपोलो’ले भनेको छ, "समाचारमा देखिएअनुसार विस्फोट भएका पेजरमा एउटा रहस्यमयी तार देखिएको छ, त्यस्तो तार सामान्यतया पेजरमा हुँदैन ।"

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, पेजरको ब्याट्रीनजिकै विस्फोटक पदार्थ फिट गरिएको थियो । विस्फोट गराउन रिमोटबाट नियन्त्रित हुने स्विच पनि राखिएको थियो ।

हिजबुल्लाह इरानको सहयोगी पनि हो । इरान र इजरायलबीचको दुस्मनी कसैबाट लुकेको छैन् । इजरायलको उत्तरी सीमाबाट हिजबुल्लाह इजरायलमाथि रकेट र मिसाइल प्रहार गरिरहन्छ । पेजर विस्फोटको यस घटनाबाट इजरायल हिजबुल्लााहको सञ्चार नेटवर्कभित्र छिरिसकेको पुष्टि भएको छ ।

समाचार संस्था अल्जजिराका अनुसार, पेजरका लिथियम ब्याट्री अत्यधिक तातो भएमा पड्किन्छ । पेजरमा रहेको लिथियम ब्याट्रीलाई पड्किने गरी तातो बनाउने केही पदार्थ/वस्तु वा मालवेर राखिएको थियो ।

पेजर आक्रमण गरेर इजरायलले छद्‌म युद्धको नयाँ शैली अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् ।

एजेन्सीहरूको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu