site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गुञ्जनद्वारा साहित्यकारहरू पुरस्कृत 

काठमाडौं । नारी स्रष्टाहरूको संस्था गुञ्जनले आफ्नो २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली साहित्यमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति भूपाल राईले चर्चित साहित्यकार डा. राजेन्द्र विमललाई ‘गुञ्जन त्रिवेणी आख्यान पुरस्कार’ प्रदान गरे । 

Dabur Nepal

यो पुरस्कार चर्चित आख्यानकारहरू पद्मावती सिंह, माया ठकुरी र भागीरथी श्रेष्ठले स्थापना गरेका हुन् । पुरस्कारकासाथ नगद राशिसमेत प्रदान गरियो ।

उक्त अवसरमा ‘गुञ्जन प्रतिभा पुरस्कार’ उमा सुवेदीलाई, ‘गुञ्जन जेष्ठ नागरिक सम्मान’ हिरण्यकुमारी पाठकलाई, ‘गुञ्जन मातृभाषा पुरस्कार’ अर्पणा प्रधानलाई, ‘गुञ्जन उन्नति महिला गीतकार पुरस्कार’ शिला पन्तलाई र ‘गुञ्जन बालसाहित्य पुरस्कार’ श्रीयंका बस्नेतलाई प्रदान गरियो । 

साहित्यकार राधेश्याम लेकाली अनुपस्थित भएकाले उनलाई प्रदान गरिने पुरस्कार केही समयपछि दिइने जानकारी गराइयो ।

उक्त अवसरमा पुरस्कृत व्यक्तित्व डा. राजेन्द्र विमलले मन्तव्य राख्दै भने, “हाम्रा अक्षरहरूमा हाम्रो मुटु धड्की रहनुपर्छ ।”

कार्यक्रममा प्रमुख अतिथि राईका साथै जलेश्वरी श्रेष्ठ, सन्ध्या पहाडी, सिर्जना शर्मालगायतले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro