विदेश
काठमाडौं । लेबनानको अर्धसैनिक समूह हिजबुल्लाहका सदस्यले बोकेको पेजर विस्फोट हुँदा मंगलबार (१७ सेप्टेम्बर) १२ जना मारिएका थिए । लेबनानमा फेरि यस्तै प्रकृतिको विस्फोट भएको छ ।
बुधबार हिजबुल्लाह समूहका सदस्यले बोकेको वाकिटाकी विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । यो विस्फोटमा करिब ५०० जना घाइते भएका छन् । पेजर विस्फोटमा मारिएकाहरूको अन्तिम संस्कार यात्राका दौरान वाकिटाकी विस्फोट भएको हो ।
यो विस्फोट पनि इजरायलले गराएको आरोप छ । समाचार संस्था रोयटर्सका अनुसार विस्फोट भएका पेजर र वाकिटाकी पाँच महिना पहिले एकैसाथ खरिद गरिएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १४:०६
प्रतिक्रिया दिनुहोस्