site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि र छविमाथि तत्कालै अनुसन्धान अघि बढाउँदैछ प्रहरी 
SkywellSkywell

काठमाडौं । दुइ दिनअघि (सोमबार) सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन बुझायो । 

समितिले अवैध तरिकाले सहकारीमा जम्मा गरेका बचतकर्ताको रकम अपचलन गरिएका तीन दर्जन सहकारीमाथि छानबिन सकेर प्रतिवेदन बुझाएको हो ।

मूख्यतः नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा ओखलढुंगाका गितेन्द्र राई (जीबी) ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौैंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा तल्कालीन गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको भन्दै संसदीय विशेष छानबिन समितिको माग राखेको थियो ।

Dabur Nepal
NIC Asia

संसदीय छानबिन समितिको माग राख्दै कांग्रेसले त्यतिबेला सदनसमेत अवरोध गर्‍यो । 

कांग्रेसका मागअनुसार, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा जेठ १५ मा समिति बनाएको हो । समितिले २२ जेठबाट छानबिनको काम थालेको थियो ।

काम थालेको ९९ दिनमा समितिले प्रतिवेदन बुझाएको हो । 

तर, समितिले प्रतिवेदन बुझाएपछि भने कांग्रेसले आरोप लगाएजस्तो जीबी राईले सञ्चालनमा ल्याएका कुनै पनि सहकारीमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुनै संलग्नता नदेखिएको भन्दै रास्वपाले खुसी व्यक्त गरेको छ ।

रास्वपाका सांसद एवम् पूर्वखेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त फेसबुकमै कांग्रेसका सांसदलाई लक्षित गर्दैै लेखेका छन्, ‘‘प्रमाण छ भनेको होइन रवि दाईलाई प्रणाम छ भनेको हो क्या ।’’ 

विराजभक्त बाहेक छानबिन समिति सदस्य शिशिर खनालले समेत रविसँगै उभिएर सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेको कुनै संलग्नता नदेखिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

रास्वपा उपभापति डा. स्वर्णिम वाग्लेले पनि लामिछानेले ‘क्लिन चिट’ पाएको धारणा सार्वजनिक गरे । रवि लामिछाने आफैँले समेत छानबिन समितिले आफूलाई ‘क्लिन चिट’ दिएको बताउँदै आएका छन् । 

यद्धपी समितिले भने सहकारी ठगीमा जीबी राईसहित कुमार रम्तेल र सहकारीकै रकम अपचलन प्रकरणमा राईले नै सञ्चालन गरेको गोर्खा मिडिया ग्रुप अन्तर्गत ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाईसमेत कारबाही गर्न सफारिस गरेको छ ।

लामिछाने र जोशीको हकमा छानबिन समितिले भनेको छ,‘‘सहकारीबाट कम्पनीमा आएको रकमको हकमा रवि र छवि जिम्मेवार रहेकोहुँदा प्रचलित कबानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।” 
लामिछाने र जोशी सञ्चालक समितिमा समेत थिए ।

लामिछाने ग्यालेक्सीमा सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशक समेत हुन् । त्यस्तै पूर्वडीआईजी जोशी सेयर सदस्य र सञ्चालक सदस्य हुन् ।

उनीहरुलाई कारबाही सिफारिस गर्ने क्रममा समितिले थप अगाडि भनेको छ,“कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन ।”

रवि र छविबाहेक हाल फरार रहेका सूर्यदर्शन सहकारीका थानबहादुर बुढा मगर, सहारा सहकारी चितवनका दिनेश रोक्का, सुप्रिम सहकारी बुटवलका सागर केसी, सानो पाइला वीरगन्जका तस्वीरण खातुन र स्वर्णलक्ष्मी काठमाडौंका भूपेन्द्र राईलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

रवि र छविमाथि तत्कालै अनुसन्धान बढाइने 

संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको विषयमा रवि र छविलाई समेत प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको छ ।

हालसम्म छविलाल जोशीबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरे पनि रविविरुद्ध भने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुरक जोहेरी नै परेको थियो ।

त्यो बाहेक संसदीय छानबिन समितिले नै दुवैजनालाई कारवाही सिफारिस गरेपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको स्रोत बताउँछ । 

त्यसका लागि प्रहरीले प्रतिवेदन हातमा नपुग्दै आन्तरिक तयारीमा जुटेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रवि लामिछाने विरुद्ध पोखरामा परेको पुरक जाहेरीकै आधारमा अनुसन्धान अघि बढाउन सक्छ ।

त्यस्तै छविलाल जोशीमाथि पनि त्यसैगरी अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी मार्फत ग्यालेक्सी टेलिभिजनमा पाँच करोड रुपैयाँ आएको छ । प्रहरी स्रोतका अनुसार जीबी राईमार्फत् ग्यालेक्सी टेलिभिजनमा जुन–जुन सहकारी मार्फत रवि र छवि हुँदा रकम भित्रिएको थियो सोही ठगी कसुरमा उनीहरुलाई प्रतिवादी बनाउने तयारी गरेको हो । 

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने छानबिन समितिले तयार पारेको प्रतिवेदन हेरेर मात्रै प्रहरीले अघि बढ्ने बताए । गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले प्रतिवेदन गृहमन्त्रालय नपुगेको र पुगेपछि अनुसन्धानका लागि प्रहरीलाई बुझाइने बताए । 

छानबिन समितिका संयोजक सूर्य थापाले भने मंगलबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै रवि लामिछानेले सहकारीको रकम अपचलनमा जोडिएको भन्दै कारबाही सिफारिस गरिएको बताए ।

छानबिन समितिले सिफारिस गरेकाविरुद्ध सहकारी ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराध समेत आकर्षित हुने देखिएको उनको दाबी छ ।  रवि लामिछाने ग्यालेक्सी हुँदासम्म जीबी राईले सञ्चालन गरेका पाँचवटा सहकारी मार्फत ग्यालेक्सी टेलिभिजनले ६५ करोड रुपैयाँ अपचलन गरेको देखिएको छ ।

रविले २०८९ असारदेखि ग्यालेक्सी टेलिभिजन छाडेर रास्वपा पार्टी खोलेर राजनीतिमा होमिएका थिए ।  उनी २०७७ माघदेखि ग्यालेक्सीमा जोडिएका हुन् ।   ग्यालेक्सी सुरु गर्दा कुल पुँजी ५ करोड रुपैयाँ राखिएको समितिको छानबिनका क्रममा देखिएको छ । 

पाँच करोड मध्ये रवि लामिछानेले सहकारीकै ७५ लाख रुपैयाँ तिरेर १५ प्रतिशत सेयर पाएको खुलेको हो । त्यस्तै जीबीको ५० र छविलाल जोशीको ३५ प्रतिशत सेयर कायम गरिएको थियो ।

तर, फाइदामै नरहेको ग्यालेक्सी टीभीको पुँजीलाई केही समयमै बढाएर १२ करोड बनाएका थिए । पुँजी १२ करोड हुँदा लामिछानेले थप १ करोड ८० लाख रुपैयाँ थप गरेको देखिएको छ । त्यो रकम समेत लामिछानेले बुटबलको सुप्रिम सहकारी मार्फत हालेको छानबिन समितिका संयोजक थापाको भनाइ छ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu