site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्री कार्कीले दोस्रोपटक पाए विश्वासको मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाएका हुन् ।

कोसी प्रदेशसभाको बुधबारको बैठकमा विश्वासको मत लिन उनले प्रस्ताव गरेका थिए । सोही बमोजिम मत विभाजन भएको थियो । मत विभाजनमा ९३ मध्ये ८३ सांसद सहभागी थिए । कार्कीको पक्षमा ६६ मत खस्यो । यसैगरी विपक्षमा १५ मत परेको छ । मत दिन्न भन्ने संख्या शून्य  थियो । सहभागी नहुने सांसदको संख्या दुई थियो । माओवादी केन्द्र र राप्रपाले विपक्षमा मतदान गरे । 

केन्द्रीय सत्ता गठबन्धन फेरिएर एमाले–कांग्रेसको सरकार बनेसँगै कोसी प्रदेशमा पनि दुई दलको सरकार बनेको छ । कार्की गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक वैशाख ३१ मा विश्वासको मत मत लिएका थिए । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् । कोसीमा गत साउन ११ गते सरकार छाडेको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । हालकांग्रेस–एमाले गठबन्धन सरकार छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro