site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी शुद्धीकरण गर्न एमालेको योजना : बक्यौता रहेकालाई अधिवेशनमा पनि उमेदवार बन्न नदिने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले पार्टी शुद्धीकरणका लागि योजना बनाएको छ । पार्टीका महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको कार्ययोजनामा आफूलाई अरूभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखापरेको उल्लेख छ । 

यौन र आर्थिक आचरणमा नैतिक बन्धन तोड्नेहरूप्रति उदासिन हुँदा त्यस्तो प्रवृति मौलाएको ठम्याइ एमालेको छ । “हामीलाई बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट छैन । हाम्रो कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ । हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमाअनुकूल हुनुपर्छ । जनताले उचित नठान्ने काम कारबाहीबाट हामीहरू जोगिनुपर्छ । तर, पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेका छन् । आफूलाई अरूभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखापरेका छन् । प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप समेत देखापर्न थालेका छन् । आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किँदै छन्,” कार्ययोजनमा उल्लेख छ । 

त्यस्तै, कार्ययोजनामा थप भनिएको छ, “यस्तो प्रवृत्तिले नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ । हामीले आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूका सन्दर्भमा अनावश्यक उदारता या उदासिनता देखाउँदा र यसलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ ।” 

एमाले शुद्धीकरणका लागि केही योजना बनाएको छ । जसमा आर्थिक पारदर्शिताका लागि वार्षिक बजेट प्रणालीलाई कडाइँका साथ लागु गर्ने, सबै कमिटीहरूले आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत् गर्ने उल्लेख छ । त्यस्तै, आर्थिक बक्यौता रहेकाहरू कसैलाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उमेदवार बन्न नपाउने व्यवस्थालाई कडाइँका साथ लागु गर्ने जनाइएको छ ।

“आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्ने । राजनीतिक रूपमा प्रतिशोध साँध्न लगाइने झुट्टा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्ने,” कार्ययोजनामा उल्लेख छ, “मुद्दाको प्रकृति हेरि मुद्दा चलाइएकाहरूले कानुनबमोजिमको छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने । फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने, दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने ।” 

पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरि पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सोसम्बन्धी धारणा सार्वजनिक गर्ने पनि जनाइएको छ ।

459193855_359409160472630_1708794745098836039_n-1726652156.png
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro