site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुम्मराजको बयान– केही महिनाअघिसम्म धनराजले ज्योतिको पनि किस्ता तिरिदिएका छन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । ज्योति गुरुङले लिएको सहकारीको रकम केही महिनाअघिसम्म उनका पूर्व श्रीमान् धनराज गुरुङले तिरिदिएको पाइएको छ । सहकारी छानबिनका लागि बनेको संसदीय समितिले गरेको कार्यालय अनुगमनका क्रममा यस्तो पाइएको हो ।

समितिसमक्ष मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङले भनेका छन्– ऋण क्लियर गरिदिनुपर्‍यो । धनराज आफैँ आएर पनि ऋण तिरिदिनुभएको छ । एक महिना जति भयो होला उहाँ आफैँ आएर ऋण तिरिदिनुभएको । उहाँहरुको डिभोर्स भएकै होइन । त्यो सहकारी डिभोर्समात्रै हो ।”

उक्त भिडियो क्लिप समितिका सभापति सूर्य थापाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

धनराज गुरुङकी पूर्वपत्नी ज्योतिले सहकारीको रकम विदेश लगेको आशंका !

समितिका सदस्यहरुसँग कुम्मराजले धनराज गुरुङले डिभोर्स भइसक्यो भनेपछि पनि पटक–पटक सँगै आएर किस्ता तिरेको बताएका थिए ।

“ज्योतिले लिएको ठूलो रकम हो, उनले त्यो रकम विदेश लगेको अनुमान गरेका छौँ तर यहाँ जसले सहकारीमा जम्मा गरेका छन् त्यो उनीहरुको पैसा हो । उनीहरुले फिर्ता पाउनुपर्छ,” कुम्मराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

कुम्मराजले पनि ‘डिभोर्स’ भनेपछि पनि पटक–पटक धनराज, ज्योति र आफूबीच कुराकानी भएको बताएका थिए । यता धनराजले भने २०७६ सालपछि ज्योतिसँग सम्पर्क नै नभएको बताएका छन् ।

“उहाँहरुको डिभोर्स भएकै होजस्तो मलाई लाग्दैन भनेर कुम्मराजजीले भन्नुभयो,” समितिका एक सदस्यले भने, “हामी तीनजना बसेर पटक पटक ऋण चुक्ता गर्ने विषयमा छलफल गरेका छौँ ।”

कुम्मराजले समितिका सदस्यहरुलाई धनराज गुरुङ मन्त्री भएका बेला पनि ज्योतिकै नाममा रहेको लोनको किस्ता भुक्तानी गरेको बताएको समितिका ती सदस्यले जानकारी दिए ।

‘घरभित्रै सहकारी समस्या’ लुकाएर रविविरुद्ध अग्रपंक्तिमा थिए धनराज 

कुम्मराज आफैँले पनि एक महिनाजति अघि धनराज आएर रकम तिरेको बताएका छन् । “उहाँको केही व्यक्तिगत लोन पनि रहेछ, त्योसहित ज्योतिको नाममा रहेको लोनको किस्ता पनि तिरिदिनुभएको हामीले पायौँ,” समितिका एक सदस्यले भने ।

कुम्मराजले समितिका सदस्यहरुसँग पटक पटक पीडा सुनाउँदै बूढेसकाल लागेको व्यक्तिलाई अनावश्यक लाञ्छना लगाएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

धनराज गुरुङ कसरी जोडिए सहकारी प्रकरणमा ? श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप !

“धनराजले म बूढो मान्छेलाई आफ्नी श्रीमती लिएर पटक पटक विदेश गएको भनेर आरोप लगाएको सुनेँ,” कुम्मराजको भनाइ उद्धृत गर्दै समिति स्रोतले भन्यो, “त्यो कुरा सबैभन्दा पीडादायी रहेको छ । म ज्योतिसँग विदेश गएको–नगएको रेकर्ड विमानस्थलबाट हेर्दा पनि राज्यका निकायले प्राप्त गर्न सक्छन् । सहकारीको रकम हिनामिना हुँदाजत्तिकै पीडा यो विषयले पनि दिएको छ ।”

कुम्मराजले पटक पटक यस्तो पीडा भएको सुनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro