site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धनराज गुरुङकी पूर्वपत्नी ज्योतिले सहकारीको रकम विदेश लगेको आशंका !
SkywellSkywell

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको रकम विदेश लगेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उनीविरुद्ध उजुरी परेपछि भएको प्रारम्भिक अनुसन्धानमा ज्योतिले रकम विदेश लगेको हुन सक्ने देखिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए ।

“क्रिप्टो र अनलाइन ग्याब्लिङमार्फत् पैसा विदेश गएको अनुमान गरेका छौँ,” एक उच्च प्रहरी अधिकारीले भने, “अनुसन्धान सुरु भएको छ । अब विस्तारै खुल्दै जाला ।”

Dabur Nepal
NIC Asia

नेपाली नागरिकले नेपालको सम्पत्ति विदेश लैजानु गैरकानुनी मानिन्छ ।  नेपाल सरकारले क्रिप्टोलगायतमा लगानी गर्नु पनि गैरकानुनी मानेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले नेपाली नागरिकले क्रिप्टोमा लगानी गर्न र विदेश रकम लैजान नपाउने बताए ।

उनले क्रिप्टोमा लगानी गरेको रकम आएको जानकारी भएमा आउने रकमलाई राष्ट्र बैंकले रोक्ने तर जाने रकमलाई भने अहिलेसम्म रोक्न नसकेको बताए । तर कसैले क्रिप्टोमा लगानी गरेको पुष्टि भएमा कारबाहीका लागि प्रहरीमा सूचना दिने गरिएको बताए ।

“राष्ट्र बैंक आफैंले कारबाही गर्न मिल्दैन । लगानी गरेको छ भन्ने पुष्टि भएमा प्रहरीलाई जानकारी गराउने हो,” उनले भने, “क्रिप्टोबाट आएको रकम पुष्टि भए हामीले निकासा रोक्छौँ ।” 

सहकारी छानबिनका लागि बनेको संसदीय समितिमा उपस्थित भएका मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले सहकारीबाट ज्योतिले कम्तिमा पनि १४ करोड हिनामिना गरेको बताएका थिए ।

अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका हुन् । 

बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए ।
उनले पनि रकम विदेश लगेको हुन सक्ने बताएको संसदीय समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार कुम्मराजले ज्योतिले रकम क्रिप्टोमा लगानी गरेको र त्यसमा डुबेको हुन सक्ने आफूले सूचना पाएको बताएका थिए । तर यो स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

अनौपचारिक कुराकानीमा पनि उनले यस्तो बताएको ती सदस्यले जानकारी दिए । कुम्मराजले भने आफूले प्रहरी र संसदीय समितिमा यसबारेमा जानकारी गराएकाले निकास ननिस्किएसम्म बाहिर सार्वजनिकरुपमा नबोल्ने बताएका छन् ।

बाह्रखरीसँगको कुराकानीमा उनले अहिले सम्बन्धित निकायमा उजुरी परेको विषय भएकाले सार्वजनिकरुपमा नबोल्ने धारणा व्यक्त गरे ।

कांग्रेस उपसभापति गुरुङले भने ज्योतिलाई अध्यक्ष कुम्मराजले नै लामो समय सिंगापुर, थाइल्यान्ड पठाइरहेपछि आफूलाई शंका लागेर एक दिन सोधेको बताउँछन् ।

एक नेपालीमार्फत् नै ज्योतिले थाइल्यान्डमा क्रिप्टोलगायतमा लगानी गरेको हुन सक्ने कुम्मराजको भनाइ रहेको समिति स्रोत बताउँछ ।

पाँच वर्ष पहिले ज्योति उक्त सहकारीमा रहँदा अध्यक्षले नै कहिले सिंगापुर त कहिले थाइल्यान्ड महिनौँका लागि पठाउने गरेको धनराजले बताएका थिए । “घरीघरी चेयरम्यानले पठाउनुभएको छ भन्ने जाने, अनि २० दिन त कहिले एक महिनामा फर्किने क्रम लगातार बढ्न थाल्यो,” गुरुङले भने, “यो कुरा मलाई चित्त बुझेन । मैले यसरी नजानू भनेर सम्झाएँ पनि । अनि कहाँ जाने ? घरीघरी किन जाने ? भनेर सोधेको तिमीलाई के मतलब भन्ने जवाफ पाएँ ।”

त्यसपछि आफूले पनि ‘जाने भने सधैँलाई गए हुन्छ नि’ भनेर झोँक्किएर भनेको दुई दिनपछि श्रीमतीले ‘डिभोर्स’को फाइल दर्ता गराएको बताए ।

“मैले जाने हो भने एकोहोरो गए हुन्छ भनेर भनेको हुँ, त्यो पनि रिसले भनेको हुँ, त्यसको दुई दिनपछि ‘डिभोर्स’को फाइल दर्ता भएछ,” उनले भने, “मैले न्यायाधीशको अगाडि उभिएर यस्तो नगरौँ रिसको झोँकमा भनेको हुँ भनेर भनेँ । तर उनले एक बस्दिनँ, दुई बस्दिनँ भनेर भनिन् । यसो भनेपछि किन बस्नू भनेर २०७६ सालमा डिभोर्स भएको हो ।”

विदेशमा लगानी गरेको पाइए पनि अनुसन्धानपछि दोषी देखिए नेपाल झिकाउने काममा प्रहरी लाग्ने सीआईबीका एक अधिकारीले जानकारी दिए ।

उनले पनि अहिलेसम्म धनराज गुरुङ यस प्रकरणमा संलग्न भए नभएको नखुलेको बताउँदै भने, “अनुसन्धान सुरु भएको छ । संसदीय समितिले पनि हेरिरहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu