काठमाडौं । युट्युबले किशोर–किशोरीहरूलाई विशेष फिटनेस लेभल, तौल र शारीरिक बनावटसम्बन्धीका भिडियो सुझाउन रोक्ने भएको छ ।
विज्ञहरूले यस्ता भिडियो निरन्तर हेर्दा हानिकारक हुनेसक्ने चेतावनी दिएपछि युट्युबले यस्तो गर्ने भएको हो ।
अब युट्युबले १३ देखि १७ वर्षसम्मकालाई यस्ता भिडियो हेर्न दिनेछ तर थप रिलेटेड भिडियोहरू भन्ने सेक्सन भने देखाउने छैन ।
यस्ता भिडियोले गाइडलाइन्स उल्लंघन नगरेको तर, केही प्रयोगकर्ताले बारम्बर हेर्दा उनीहरूको स्वास्थ्यमा असर पर्नसक्ने जनाएको छ ।
युट्युबको वैश्विक स्वास्थ्य प्रमुख डा. गर्थ ग्राहमले किशोर–किशोरीले आफ्नो लागि आफ्नै तरिकाले स्ट्यान्र्डड बनाइरहेको हुने बताए । निरन्तर रूपमा कुनै विशेष शरीरिक आकारलाई आदर्शमान्दा आफैँप्रति नकारात्मक धारणा उत्पन्न हुनसक्ने उनले बताएका छन् ।