site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
चीनले सुरु गर्‍यो उल्कापिण्डको नमुना संकलन अभियान

काठमाडौं । चीनले आफ्नो पहिलोपटक ‘अकुण्ठित’ उल्कापिण्डको नमुना संकलन गर्ने ऐतिहासिक अभियान थालेको छ । शोधकर्ताले यसलाई अन्तरग्रह अन्वेषणमा चीनको महत्त्वाकांक्षाको एउटा महत्त्वपूर्ण कदम भनेका छन् ।

चीनको लङ मार्च ३ बी रकेट बिहीबार स्थानीय समयानुसार करिब १ः३१ बजे त्यहाँको दक्षिण–पश्चिम सिचुआन प्रान्तको शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट उडान भएको छ । यसले टियानवेन–२ अन्तरिक्षयान लगेको थियो ।

Argakhachi Cement Island Ad

यसले चीनलाई अकुण्ठित उल्कापिण्डको चट्टान संकलन गर्ने तेस्रो राष्ट्र बनाउन सक्ने अलजजिराले जनाएको छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले प्रक्षेपण भएको घोषणा गर्दै अन्तरिक्षयानले यसको सौर्य प्यानल सफलतापूर्वक फैलाएको उल्लेख गरेको छ । यो प्रक्षेपण सफल भएको घोषणा गरिएको छ ।

अर्को एक वर्षभित्र टियानवेन–२ ले पृथ्वीनजिकै रहेको सानो ४६९२१९ कामोओआलेवा वा २०१६एचओ३ नामक उल्कापिण्डतर्फ यात्रा गर्नेछ । योे पृथ्वीबाट लगभग एक करोड माइल (१६ लाख किलोमिटर) टाढा छ ।

अन्तरिक्षयान सन् २०२६ जुलाईमा त्यो उल्कापिण्डमा पुग्नेछ । त्यो चन्द्रमाको एउटा खण्ड हुन सक्ने विश्वास गरिएको छ । त्यसपछि यसले चट्टानका नमुना भएको क्याप्सुल २०२७ नोभेम्बरमा पृथ्वीमा फर्काउनेछ ।

सफल भएमा यस्तो अभियान सम्पन्न गर्ने चीन तेस्रो देश बन्नेछ । जापानले सन् २०१० मा पहिलोपटक सानो क्षुद्रग्रहबाट नमुना संकलन गरेको थियो । संयुक्त राज्य अमेरिकाले सन् २०२० मा यस्तै अभियान सम्पन्न गरेको थियो ।

चीनको राज्य–सञ्चालित पिपुल्स डेली अखबारले यो अभियानको उद्देश्यलाई उल्कापिण्ड र प्रारम्भिक सौर्य प्रणालीको गठन र विकासको रहस्य उद्घाटन गर्ने प्रयास भनेर उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्