काठमाडौं । नेपाली चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ कात्तिक ३० गते रिलिज हुने भएको छ । टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।
निर्देशक दीपेन्द्र गौचनले ‘मिसिङ्गः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको कथा छ । चलचित्रले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्छ ।
चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ छिन् भने रामको भूमिकामा नाजिर हुसेन छन् । चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी र म्युजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।