site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशका रोहिंग्या शरणार्थी म्यानमारमा युद्ध लड्न जाँदै 

काठमाडौं । बंगलादेशका रोहिंग्या शरणार्थीहरू म्यानमारमा युद्ध लड्न जाने भएका छन् । बंगलादेशको शरणार्थी शिविरबाट रोहिंग्या शरणार्थीहरू म्यानमारको सैन्य शासनविरुद्ध लडिरहेका समूहमा जोडिन पुगेका छन् ।

बंगलादेशमा सन् २०१७ यता रोहिंग्या शरणार्थी आउन थालेका हुन् । रोहिंग्या शरणार्थी नेपालसम्म आइपुगेका छन् । बंगलादेशबाट म्यानमारको सैन्य सरकारविरुद्ध लड्न सशस्त्र समूहमा भर्ती भएका सैयद रफिक भन्छन्, “हाम्रो भूमिका निम्ति हामीसँग लड्नुबाहेक अर्को विकल्प छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रोहिंग्या विश्वकै सबैभन्दा ठूलो शरणार्थी समुदाय हो । सन् २०२१ मा म्यानमारमा सैन्य ‘कू’ भएको थियो । त्यसयता म्यानमारमा सेनाले शासन चलाइरहेको छ । सेनाको शासनविरुद्ध म्यानमारमा विभिन्न समूहहरू सशस्त्र संघर्ष गरिरहेका छन् । रोहिंग्या समुदायका मानिस भर्ती हुने ‘रोहिंग्या सोलिडारीटी अर्गनाइजेसन’ र ‘अराकान रोहिंग्या स्यालभेसन आर्मी,’ नामका दुई मुख्य लडाकु समूह सक्रिय छन् ।

रोहिंग्या शरणार्थी आफूविरुद्ध लड्न आएको थाहा पाएपछि बंगलादेशमा सत्ता चलाइरहेका जुन्ता सैनिकले पनि रोहिंग्यालाई नागरिकता दिने भन्दै लोभ्याइरहेको छ । 

नेपालमा पनि सन् २०१२ देखि नै रोहिंग्या शरणार्थी आउन थालेका थिए । काठमाडौं उपत्यकाको कपन र सुनाकोठीमा रोहिंग्या शरणर्थीको बसोबास छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्