राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने बताएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले नेपालको ऋण लिने सामर्थ्य नरहेको बताए । अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको उनले स्पष्ट पारे ।
चीन नेपालको मित्रराष्ट्र भएको भन्दै उनले भ्रमण गर्नै नहुने भन्ने नभएको बताए । “लोन नलिने, ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौँ,” उनले भने, “चीन हाम्रो मित्रराष्ट्र हो, किन नजाने त्यहाँ ?” न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १३:२६
प्रतिक्रिया दिनुहोस्