site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
ओली अभिनीत ‘नमेटिने घाउ’ र मलिकाको ‘सतीदेवी’ हलमा 

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली चलचित्र रिलिज भएका छन् । ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका हुन् । 

‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् । 

Dabur Nepal
NIC Asia

‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । 

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।

‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गरेको छ । सिनेमाकाे कथा  निर्देशक स्वयंले लेखेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro