site stats
बाह्रखरी :: Baahrakhari
देश
२० जना सवार माइक्रो नागढुंगानजिकै ‘८० फिट तल’ खस्यो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागढुंगानजिकै घुमाउने पसलअगाडि एउटा माइक्रोबस दुर्घटना भएको छ । माइक्रोका घाइतेको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भइरहेको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई शनिबार (जेठ ३१) अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक, सहचालकसहित २० जना सवार थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

asdfag-1749906996.jpg
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन् । रासस

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्