site stats
बाह्रखरी :: Baahrakhari
देश
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार (जेठ ३१) श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताइन् ।

लिम्बूले माछा मार्न बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । त्यसक्रममा अचानक करेन्ट लागेर दुवैजनाको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्