विदेश
काठमाडौं । बंगलादेशमा अगस्ट १५ मा राष्ट्रिय शोकको सार्वजनिक बिदा नहुने भएको छ । डा. मोहम्मद युनुसको अध्यक्षतामा मंगलबार बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ सार्वजनिक बिदा नदिने निर्णय गरेको हो ।
ढाका ट्रिब्युनका अनुसार राजनीतिक दलहरूसँगको छलफलपछि अगस्टमा १५ गते सार्वजनिक बिदा निर्णय रद्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेशको सेनाको एक समूहले १५ अगस्ट १९७५ मा बंगलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनको परिवारका अधिकांश सदस्यको हत्या गरेको थियो । प्रत्येक वर्ष अगस्टमा १५ मा बंगलादेशमा सार्वजनिक बिदा दिइन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ २२:५६
प्रतिक्रिया दिनुहोस्