देश
स्वर्गद्वारी । प्युठानमा तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरु एकै परिवारका सदस्य हुन् ।
गौमुखी गाउँपालिका–५ का एकै परिवारका तीनजना हैजा संक्रमित भएकाे गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।
तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
“जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनैजनामा हैजा पुष्टि भएको हो”, उनले भने । गौमुखी गाउँपालिकाका आठजनामा झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १४:२६
प्रतिक्रिया दिनुहोस्