site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुस्दीमाथि आक्रमण गर्ने युवकको आतंककारी संगठनसँग संलग्नता
SkywellSkywell

न्युयोर्क । चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण गर्ने युवकविरुद्ध एउटा आतंककारी समूहलाई पनि समर्थन गरिरहेको अभियोग लगाइएको छ ।

सन् २०२२ मा हादी मातर नामका एक व्यक्तिले रुस्दीमाथि न्युयोर्कमा छुरा प्रहार गरेका थिए । उनी सोही बेलादेखि जेलमा छन् । उनले लेबनानमा आधारित मिलिट्यान्ट समूह हिजबुल्लाहलाई मेटरियल सहयोग गरेको बुधबार सार्वजनिक अभियोजनपत्रमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

२०२२ मा हत्या प्रयासको आक्रमणमा परेर रुस्दीले एउटा आँखा नदेख्ने भएका छन् । उनका वकिलले मातरले नयाँ अभियोग अस्वीकार गर्ने बारेमा अदालतमा आवेदन दिन लागेको जनाएका छन् ।

न्यु जर्सीमा बस्दै आएका ती युवकले किन प्रख्यात बेलायती लेखक रुस्दीमाथि आक्रमण गरे भन्ने प्रस्ट भइसकेको छैन । उनले जेलबाटै न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा युट्युबमा रुस्दीको भिडियो हेरेको र आफूलाई त्यसप्रकारको अविवेकी मानिस मन नपरेको जनाएका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu