site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पार्टा प्रागको पोस्टमा एट्लेटिकोको आधा दर्जन गोल

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले स्पार्टा प्रागविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।

मंगलबार राति स्पार्टाको मैदानमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन हुलियन आल्भारेज र एन्जल कोरियाले समान दुई गोल गरे । यस्तै, एन्टोइन ग्रिजमन र मार्कोस लोरेन्टेले समान एक गोल थपे । 

खेलको १५औँ मिनेटमा आल्भारेजको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो । ४३औँ मिनेटमा लोरेन्टेले पाहुना टिमको अग्रता दोब्बर पारे । ५९औँ मिनेटमा आल्भारेजले गोल गरेपछि एट्लेटिकोले अग्रतालाई ३–० मा पुर्याएको थियो । 

७०औँ मिनेटमा ग्रिजमनले एट्लेटिकोबाट चौथो गोल गरे । ८५औँ मिनेटमा कोरियाले पाँचौं र त्यसको चार मिनेटपछि टिमका निम्ति छैटौँ गोल गरे । 

जितसँगै पाँच खेलबाट नौ अंक जोडेको एट्लेटिको तालिकाको १३औँ स्थानमा उक्लिएको छ । च्याम्पियन्स लिगमा एट्लेटिकोको यो तेस्रो जित हो । समान खेलबाट चार अंक जोडेको प्राग तालिकाको २८औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro