site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिले क्यानडा, मेक्सिको र चीनको मुद्रामा गिरावट

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिका कारण क्यानडा, मेक्सिको र चीनको मुद्रामा गिरावट आएको छ । न्युयोर्क टाइम्सका अनुसार, मेक्सिकोको मुद्रा पेसो डलरको तुलनामा एक दिनमा १.१८ प्रतिशतले कमजोर बनेको छ । सोही समयमा, क्यानेडियन डलर र अमेरिकी डलरको तुलनामा १ प्रतिशतले कमजोर भएको छ । जुन सन् २०२० को मेयता क्यानेडियन मुद्रामा आएको सबैभन्दा ठूलो गिरावट हो ।

योसँगै चीनको मुद्रा युआनमा पनि गिरावट आएको छ । चिनियाँ मुद्रा युआन डलरको तुलनामा ०.३ प्रतिशतले कमजोर भएको छ ।

ट्रम्पले शपथ लिएलगत्तै क्यानडा, मेक्सिको र चीनबाट अमेरिकामा आउने सामानमा भारी कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले यी तीन देशले लागुऔषध र अवैध आप्रवासीलाई नियन्त्रण नगरेसम्म अमेरिकाले लगाएको भारी करको मार भोग्नुपर्ने बताएका छन् ।

ट्रम्पले सोमबार सामाजिक सञ्जालमार्पत क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । उनले क्यानडा र मेक्सिको दुवैले चाहेमा अवैध आप्रवासी र लागुऔषध (फेन्टानाइल) आपूर्तिलाई सजिलै नियन्त्रण गर्न सक्ने तर त्यसो नगरेको बताएका छन् । जसका कारण उनीहरूले चर्को मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।

ट्रम्पले चिनियाँ सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । जुन मेक्सिको र क्यानडामा लगाइने करभन्दा १० प्रतिशत बढी हुने छ ।

सीएनएनबाट ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro