site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर अझै अपराजित, लेवान्डोवस्की चम्किँदा बार्सिलोनालाई तीन अंक 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलानले अपराजित यात्रालाई पाँचौं खेलसम्म लम्ब्याएको छ । 

इन्टरले मंगलबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा आरबी लाइपजिगविरुद्ध १–० को साँघुरो जित निकालेको हो । 

Dabur Nepal
NIC Asia

इन्टरको जितमा लाइपजिगका खेलाडीबाट भएको आत्मघाति गोल निर्णायक बन्यो । खेलको २७औँ मिनेटमा कास्टेलो लुकेबाबाट आत्मघाति गोल भएपछि इन्टरले अग्रता बनाएको थियो । यसपछि थप गोल नहुँदा इन्टर जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको इन्टर शीर्ष स्थानमा छ । हालसम्म अपराजित इन्टरले चारमा जित निकाल्दा एक खेलमा बराबरी खेलेको छ । समान खेल खेल्दा पनि अंकविहीन लाइपजिग भने तालिकाको ३३औँ स्थानमा छ । 

मंगलबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले ब्रेस्टविरुद्ध ३–० को सहज जित निकालेको छ । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई र ड्यानी ओल्मोले एक गोल थपे । 

खेलको १०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै लेवान्डोवस्कीले बार्सिलोनालाई अग्रतामा राखेका थिए । ६६औँ मिनेटमा ओल्मोले घरेलु टिमको अग्रता दोब्बर बनाए । यस्तै, इन्जुरी समयमा लेवान्डोवस्कीले दोस्रो गोल गरेपछि बार्सिलोनाले सहज जितसहित तीन अंक पक्का गरेको हो ।  

जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले चार खेलमा जित निकाल्दा एक खेलमा हारको नतिजा आत्मसात गरेको छ । समान खेलबाट १० अंक जोडेको ब्रेस्ट तालिकाको नवौँ स्थानमा छ । प्रतियोगितामा ब्रेस्टको यो पहिलो हार हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro