site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनले रुसमाथि गर्‍यो अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

काठमाडौं । रुसले पहिलोपटक युक्रेनले गरेको अमेरिकी मिसाइल आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । मिसाइलले कुस्र्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।

अमेरिकाको ‘प्याट्रियट डिफेन्स सिस्टम’ जस्तै क्षमता भएको एस–४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको थियो । हालैमात्र अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको थियो । त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति पनि दिएको थियो ।

युक्रेनले कुस्र्क क्षेत्रमा केही रुसी सैन्य अखडालाई निशाना बनाएको बताएको थियो । त्यसपछि रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ । 

यसैबीच, रुसले सोमबार राति १८८ ड्रोनबाट आक्रमण गर्दा केही आफ्ना केही संरचनामा क्षति पुगेको युक्रेनी वायुसेनाले बताएको छ ।

गत हप्ता रुसले युक्रेनमाथि शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको बताइएको छ । (बीबीसी)

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro