site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विरोधका बीच इजरायली प्रधानमन्त्रीद्वारा अमेरिकी संसदमा सम्बोधन
SkywellSkywell

वाशिङटन । इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफूले गाजामा गरिरहेको आक्रमणको प्रतिरक्षा गरेका छन् ।

उनले अमेरिकी सांसदहरुलाई भनेका छन्, “हाम्रो दुस्मन तपाईंहरुको पनि दुस्मन हो ।”

Dabur Nepal
NIC Asia

उनले आफूहरु इरानसँग लड्दा अमेरिकाको सबै भन्दा कट्टर दुस्मनसँग लडिरहेको हुने बताउँदै आफूहरुको लडाई अमेरिकाको लडाई भएको र आफूहरुको जित पनि अमेरिकाको जीत हुने उल्लेख गरेका छन् ।

उनलाई रिपब्लिकन नेताहरुले जोडदार रुपमा स्वागत गरेका थिए । बैठकमा कतिपय डेमोक्रयाट नेता भने जानीजानी बैठकमा अनुपस्थित भएका थिए ।

सम्बोधनको क्रममा इजरायली प्रधानमन्त्रीले भारी विरोधको पनि सामना गर्नुपरेको थियो । विभिन्न ब्यानर लिएर उनको विरोध पनि गरिएको थियो । एउटा ब्यानरमा नेतान्याहु युद्ध अपराधी भएको जनाउँदै ‘वान्टेड वार क्रिमिनल’ लेखिएको ब्यानर समेत राखिएको थियो ।

उनको सम्बोधनमा अवरोध गर्ने ५ जनालाई क्यापिटल बिल्डिङबाट गिरफ्तार समेत गरिएको थियो । उनले विरोध गर्नेहरुलाई सम्बोधन गर्दै उनीहरु आधिकारिक रुपमा इरानका लागि उपयोगी मुर्ख भएको आरोप लगाएका थिए । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu