site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीविरुद्ध बायर्नको जित, घरमै रोकियो सिटी 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको पाँचौं खेलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध १–० को कठिन जित निकालेको छ । 

मंगलबार राति घरेलु मैदान एलियन्ज रंगशालामा भएको खेलमा बायर्नलाई जित दिलाउन किन मिन जाईले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३८औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । 

Dabur Nepal
NIC Asia

जितसँगै पाँच खेलबाट नौ अंक जोडेको बायर्न तालिकाको ११औँ स्थानमा उक्लिएको छ । च्याम्पियन्स लिगमा बायर्नको यो तेस्रो जित हो । समान खेलबाट चार अंक जोडेको पीएसजी भने तालिकाको २६औँ स्थानमा छ । पीएसजीको भने यो तेस्रो हार हो । 

मंगलबार नै भएको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फेयेनुर्डसँग ३–३ को बराबरीमा रोकिएको छ । घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले ५३ मिनेटभित्र ३–० को अग्रता बनाएको थियो । तर, त्यसपछि लगातार तीन गोल बेहोर्दा सिटी अंक बाढ्न बाध्य बन्यो । 

खेलको ४४औँ मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गरेपछि सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५०औँ मिनेटमा इल्काई गुन्डोगानले अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटपछि नै हाल्यान्डले सिटीबाट तेस्रो गोल गरेका थिए । 

तर, ७५औँ मिनेटमा एनिस हाज मोउसा, ८२औँ मिनेटमा सान्टियागो गिमेनिज र ८९औँ मिनेटमा डेविड हान्कोले गोल गरेपछि पाहुना टिम खेलमा फर्कियो । 

च्याम्पियन्स लिगमा संघर्षरत सिटी तालिकाको १५औँ स्थानमा छ । सिटीले पाँच खेल खेल्दा आठ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको फेयेनुर्ड तालिकाको २०औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro